Nepal Life

नविल बैंकले कर्जा असुलीका लागि उपत्यका भित्र तथा बाहिरका ५२ वटा घर जग्गाको प्लट बिक्री गर्दै

NMB Bank
  • BFIS News
  • 2023 Dec 25 20:32
नविल बैंकले कर्जा असुलीका लागि उपत्यका भित्र तथा बाहिरका ५२ वटा घर जग्गाको प्लट बिक्री गर्दै
National Life

काठमाडौं । नविल बैंकले कर्जा असुली हुन नसकेका कर्जाको धितो बापतको गैर बैंकिङ बैंकिङ सम्पत्ती बोलकबोल मार्फत लिलाम बिक्री गर्ने भएको छ । बैंकले आज सार्वजनिक सूचना जारी गर्दै नेपालभरका ५२ वटा घर तथा जग्गाका प्लटहरु बिक्री गर्ने जनाएको छ । 

Shikhar
NIMB

बैंकले बोलपत्रका लागि आह्वान गरिएको घरजग्गाका लागि आजको मितिबाट १५ दिन भित्रमा बोलपत्र पेश गर्न सकिने जनाएको छ ।बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फारम नबिल बैंकको कर्जा असुली विभाग बिजुलीबजार काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले १५ अर्थात यहि पुस २२ गते आइतबारसम्ममा बुझाइ सक्नु पर्नेछ ।

बैंकले लिलाम गर्न लागिएको सम्पत्ती जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गरिलिने गरी बोलपत्र पेश गर्नु पर्ने सूचनामा जनाइएको छ । बोलपत्रमा आफुले सकार गरी लिन चाहेको सम्पत्ती के कति रकममा खरिद गरी लिन चाहेको हो सो को अंक तथा अक्षरमा स्पष्ट सँग लेखिएको हुनुपर्नेछ । आफुले कबोल गरेको रकमको कम्तिमा १० प्रतिशतले हुन आउने रकम धरौटी बापत बैंकमा जम्मा गर्नु पर्ने शर्त तोकिएको छ । भोलि लिलाम सकार्ने व्यक्तिको नाममा स्वामित्व हस्तान्तरण गर्दा सरकारी कार्यालयमा लाग्ने सम्पुर्ण शुल्क तथा दश्तुर आफुले तिर्नु पर्ने बैंकले जनाएको छ ।

बैंकले लिलाम गर्न थालेको घर तथा जग्गा काठमाडौंको नाम चलेका स्थानदेखि उपत्यका भन्दा बाहिरका जिल्लाहरु समेत रहेका छन् । जसमा काठमाडौं, ललितपुर तथा भुक्तपुरमा रहेका घर तथा जग्गा समेत छन् ।   

पछिल्लो समयको आर्थिक मन्दीका कारण धेरै ऋणीहरु कर्जा भुक्तानी गर्न नसक्ने अवस्थामा पुगे पछि बैंकको खराव कर्जा बढ्दै गर्दा नियम अनुसार बैंकले ऋणीको धितो बापतको घर जग्गा लिलाम मार्फत बिक्री गर्न थालेको हो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया