Nepal Life

बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 06:16
बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
Sanima Reliance

काठमाडौं । राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्ने भएको छ । यही बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनको लागि बैंकिङ प्रणालीबाट तरलता खिच्न लागिएको हो ।

NIMB

८ पुसमा १० अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएको थियो । त्यसबाहेक पनि राष्ट्र बैंकले ३ वटा निक्षेप संकलन उपकरण मार्फत ६० अर्ब तरलता खिचेको छ । बुधबार थप ३५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।

६ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा ४५ अर्बको प्रस्ताव आएको थियो । उक्त निक्षेप संकलन उपकरणको ब्याजदर अधिकतम २.९४ प्रतिशत र न्यूनतम २.२५ प्रतिशत प्रस्ताव गर्दा औसत २.७६३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ । चालु आर्थिक वर्षमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब ९७ अर्ब २५ करोड तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया