Nepal Life

कर्जा नविकरण, पुनरसंचरना र पुरतालिकिकरण गर्दा पनि ऋणीको अवस्था चेक गर्न राष्ट्र बैंकको निर्देशन

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 06:34
कर्जा नविकरण, पुनरसंचरना र पुरतालिकिकरण गर्दा पनि ऋणीको अवस्था चेक गर्न राष्ट्र बैंकको निर्देशन
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहको समयमा बाहेक नविकरण, पुनरसंचरना र पुरतालिकिकरण गर्दा समेत ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको जानकारी लिएर मात्रै आवश्यक प्रकृयाँ अगाडी बढाउन निर्देशन दिएको छ ।

NIMB

बैंक तथा वित्तीय संस्थाले कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट विवरण लिन आग्राह गरेको हो ।

कर्जा सूचनामा ऋणीले लिएको कर्जाको सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जमानीकर्ताको विवरण, कालोसूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुने राष्ट्र बैंकले जनाएको छ । यस्तो सूचना पुराना ऋणीको पनि कर्जा नविकरण गर्दा, कर्जाको पुनरसंचरना र पुरतालिकिकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार भएकाले यसलाई संसारभर एकदमै महत्वका साथ गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्ला दिनमा ऋणीहरुले कर्जाको व्याज तथा किस्ता तिर्न नसक्दा कालोसूचीमा पर्ने क्रम बढेको छ । आर्थिक मन्दी तथा ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमतामा ह्रास आउदा यस्तो अवस्था आएको हो । यहि कारणले गर्दा बैंक वित्तीय संस्थाको खराव कर्जा बढेको छ । खराव कर्जा बढेकै कारण धेरै वटा बैंकको लाभांशदर घटेको छ भने कतिपयले लाभांश नै दिन पाएनन् । यसले गर्दा बैंकहरु सतर्क हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया