Nepal Life

बीमा गर्नुको मुख्य उद्देश्य जोखिम बहन गर्नु हो त्यसैले समयमै किस्ता तिरेर ढुक्कले बसौ

Global Ime detail Page
  • नारायण सुवेदी
  • 2023 Dec Tue 20:27
बीमा गर्नुको मुख्य उद्देश्य जोखिम बहन गर्नु हो त्यसैले समयमै किस्ता तिरेर ढुक्कले बसौ
Sanima Reliance

काठमाडौं । बीमा गर्नुको मुख्य उद्देश्य जोखिम बहन गर्नु हो । यसका लागि हामीले समयमै नविकरण बीमा शुल्क भुक्तानी गर्ने बानी बसाल्नु पर्छ । यदि बीमा कम्पनीले दिएको म्यादभित्र किस्ता भुक्तानी गरिएन भने बीमा पोलिसी व्यतित हुन्छ । बीमा पोलिसी व्यतित हुने वित्तीकै बीमाले दिने सुविधा पाइदैन । साथै यस अवधिमा भवितव्य केहि भइहाल्यो भने पनि जोखिम बहन हुँदैन । त्यसैले समयमा किस्ता तिरेर ढुक्क भएर बस्नु पर्छ ।

NIMB

बीमा कम्पनीहरुले नविकरण बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा भुक्तानी गर्न पाउने सुविधा दिएका हुन्छन् । यसरी दिइएको समयमा बीमितले मासिक किस्ताको हकमा १५ दिन र अन्य प्रकारको किस्ताको हकमा अधिकतम ३० दिनको मात्रै व्याद दिइएको हुन्छ । त्यस पछिका अवधिमा बीमा कम्पनीले नविकरण बीमा शुल्कको पनि व्याजदर लिने गर्छन् । यसरी समयमा किस्ता नतिर्दा एकातिर हर्जनाको रुपमा व्याज तिर्नु पर्छ भने अर्को तर्फ जोखिम पनि बहन हुँदैन । 

बीमितिले निम्न कुराहरुमा विशेष ध्यान पुर्याउनु पर्छ

- बीमा गर्दा कम्पनीको बारेमा प्रष्ट सँग बुझेर मात्रै बीमा गरौ ।

- बीमा गर्दा नियमित रुपमा किस्ता नविकरण गर्न सक्ने भएमा मात्रै बीमा गरौ । त्यसैले आफ्नो बीमा शुल्क भुक्तानी गर्न सक्ने

- क्षमताका आधारमा मात्रै बीमाङ्क निर्धारण गर्नु पर्छ ।

- किस्ता नियमित नभएर जोखिम नियमित नहुने भएकोले बीमाको किस्ता नियमित गरौ ।

- नियमित बचत सँग सँगै दैनिक जीवनमा आउन सक्ने जोखिमको काम जीवन बीमाले गर्ने भएकाले किस्ता नियमित तिरौ ।

- अभिकर्ता तपाई र बीमा कम्पनीलाई जोड्ने माध्यम मात्रै भएकाले बीमाको किस्ता नियमित भुक्तानी गरेर बीमा पोलिसी नविकरण गर्ने कर्तव्य पनि तपाईकै भएको हुँदा किस्ता तिर्ने समय याद राखौ ।

(लेखक नारायण सुवेदी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिनियर विजनेस म्यानेजर हुन् । हाल उनी नेशनल लाइफको पर्सा शाखामा कार्यरत छन्)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया