Nepal Life

सलिकोले मंसिर महिनामै तिर्यो एक करोड ७१ लाखको दाबी, ५ महिनामा एक अर्ब ५ करोड भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 20:21
सलिकोले मंसिर महिनामै तिर्यो एक करोड ७१ लाखको दाबी, ५ महिनामा एक अर्ब ५ करोड भुक्तानी
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीले मंसिर एक महिनामै एक करोड ७१ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । एक महिनामा १ हजार ९३ वटा पोलिसीको दाबी भुक्तानी गरेको हो । कम्पनीमा एक हजार ४१३ वटा पोलिसीको ४ करोड ९ लाख रुपैयाँको दाबी परेको थियो ।

NIMB

कम्पनीले गत कात्तिक महिनामा कम्पनीले १ हजार १२० वटा पोलिसीको १३ करोड ९७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो । कात्तिक महिनासम्ममा सलिकोले ५ हजार ६२२ वटा पोलिसीको एक अर्ब ४ करोडको दाबी भुक्तानी गरेको थियो । यसरी मंसिर महिनासम्ममा एक अर्ब ५ करोड भुक्तानी गरिसकेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया