Nepal Life

सवारी दुर्घटनामा परि ज्यान गुमाएका सुव्वाको परिवारलाई नेपाल लाइफले गर्यो मृत्यु दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 20:53
सवारी दुर्घटनामा परि ज्यान गुमाएका सुव्वाको परिवारलाई नेपाल लाइफले गर्यो मृत्यु दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले याम्फुदिनमा सवारी दुर्घटनामा परि ज्यान गुमाएका निशान सुव्वाको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । पेशाले सवारीधनी तथा चालक रहेका निशान सुव्वाको गएको मंसिर १७ विहान ताप्लेजुङ्को सदरमुकाम फुङ्लिङबाट याम्फुदिनपुगेर फर्किने क्रममा सवारी दुर्घटना भएको थियो ।

NIMB

यसरी यात्रुहरु लिएर फर्किने क्रममा भएको सवारी दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको थियो । कम्पनीले पनि दुर्घटनाबाट भएको दाबीलाई द्रुत गतिमा आवस्यक प्रकृया अगाडी बढाइ समयमै दाबी भुक्तानी गरेको कम्पनीको ताप्लेजुङ शाखा प्रमुख हिमाल राईले जानकारी दिए ।

सुव्वाले नेपाल लाइफमा ५ वर्ष अगाडी जीवन बीमा पोलिसी खरिद गरेका थिए । विगत ५ वर्षदेखि लगातार बीमा शुल्क भुक्तानी गर्दै आएका सुव्वाको परिवारलाई कम्पनीले ८ लाख २८ हजार भन्दा धेरै रकम दाबी भुक्तानी गरेको हो ।

कम्पनीले आज ताप्लेजुङ उपशाखामा आयोजना भएको एक कार्यक्रम निशानको धर्मपत्नि सावित्रा काम्वाङलाई बीमाङ्क ३ लाख ५३ हजार सहित एडिबि र बोनस सहित ८ लाख २८ हजार रुपैया दाबी भुक्तानी गरेको हो । कार्यक्रममा शाखा प्रमुख राई, वरिष्ठ एजेन्सी म्यानेजर तथा एजेन्सी म्यानेजरको उपस्थित थियो ।  

दाबी भुक्तानीका क्रममा कम्पनीले ज्यान गुमाउने निशान सुव्वाको चिरशान्तिको कामना सहित परिवारजनमा धर्यधारणको कामना गरेको छ । कम्पनीले बीमितको परिवारलाई रकम हस्तान्तरण गरेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया