NIMB Header 2
Nepal Life

पेशागत बीमा अभिकर्ता संघ ‘नेपाल लाइफ’को अधिवेशन पुस २१ गतेदेखि सुरु, संघको दुरुपयोग गर्नेलाई छानविन गर्दै

National Life
  • BFIS News
  • 2023 Dec 28 10:54
पेशागत बीमा अभिकर्ता संघ ‘नेपाल लाइफ’को अधिवेशन पुस २१ गतेदेखि सुरु, संघको दुरुपयोग गर्नेलाई छानविन गर्दै
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विशेष अधिवेशन यहि पुस २१ र २२ गते हुने भएको छ । संघको अधिवेशन प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा डाकिएको छ । यसका लागि अधिवेशन आयोजक समितिले आधिकारिक रुपमा समय समयमा जारी गरेका सूचनाहरु हेर्न सम्पुर्ण अभिकर्ताहरुलाई अनुरोध गरिएको छ ।

Shikhar
NIMB

संगठनलाई विधि र पद्धति अनुसार पारदर्शी तवरले सञ्चालन गर्नका लागि बीमक समिति नेपाल लाईफको बिशेष अधिवेशनमा सहभागी भई कार्यक्रम भव्य र सभ्य रुपमा सफल पार्न आयोजकले सबैलाई अनुरोध गरेको छ ।

पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रेश विज्ञप्ती जारी गर्दै प्रजातान्त्रिक पद्दती अनुसार मतदान प्रकृयाँमा भाग लिन सबैलाई अनुरोध समेत गरेको छ । नेपाल लाइफमा संघको पुरानो कार्यसमितिले संगठनलाई कमजोर बनाएको भन्दै आरोप लगाउने गरेको छ । यसरी दुई पक्ष विचमा टकराव हुने अवस्था आए पछि पेशागत बीमा अभिकर्ता संघले नै मिलेर अगाडी बढ्न अनुरोध गरेको हो ।

संघले भनेको छ ‘पेशागत बीमा अभिकर्ता संघ नेपाल सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बीमा व्यवसायमा अनुशासित र कर्तव्यनिष्ठ बनाउन ट्रेड यूनियन ऐन अन्तर्गत गठन भएको एक राष्ट्रिय स्तरको संगठन हो । श्रमजीवी अभिकर्ताहरुको आर्थिक तथा सामाजिक समुन्नतीका लागि आम अभिकर्ता बीचमा एकता र समझदारी कायम गर्न यो संगठन प्रयन्तशील छ । बीमितको सर्वोपरी हितका खातिर अभिकर्ताले विगतमा खाईपाई आएका सेवा सुविधा सुरक्षित गर्नु र थप अधिकारका लागि संघर्षशील रहनु आजको आवश्यकता हो ।’

संघले बीमा क्षेत्रमा सम्वद्ध सबै बीचको सुमधुर सम्बन्ध र सद्भावको माध्यमबाट यस सेवामूलक पेशालाई समाजमा स्थापित गराउन सकिन्छ भनेर निरन्तर प्रयत्न गरिरहेको जनाएको छ । संघको इतिहास निर्माणमा धेरैको श्रम र पसिना परेको भन्दै विगत लामो समय देखी केन्द्रीय समिति र बीमक समितिमा विधान विपरित दोहोरो जिम्मेवारीमा रहेर केही व्यक्तिले बीमक समिति नेपाल लाइफमा संगठनलाई अस्तव्यस्त बनाएको संघले आरोप लगाएको छ । यसका साथै अभिकर्ता हितकोषको रकम चरम दुरुपयोग गर्दै हिनामिना गरेको भन्ने विषय छानविनको चरणमा नै रहेको विद्यमान कार्यसमितिले उल्लेख गरेको छ ।

आफ्नो गल्तीबाट उम्कन सकिन्छ की भनेर विगतका कमिजोरी ढाकछोप गर्न छिद्रान्वेषी मनसायले विषय वस्तुलाई अन्यत्र मोड्ने प्रयत्न गरी भ्रमजाल फिंजाउन केही व्यक्तिहरु व्यस्त रहेको संघको आरोप छ । अभिकर्ताहरुले खाइपाइ आएका सेवा सुविधा खोस्ने मनसायले अनधिकृत रुपमा संघको लेटरप्याड र छाप दुरुपयोग गर्दै भेला तथा प्रशिक्षणका नाममा गैरजिम्मेदार गतिविधि गरी संगठन कमजोर बनाउने काम भइरहेको भन्दै यसबाट कसैले पनि छुट नपाउने भन्दै संघले चेतावनी दिएको छ ।  

अनर्गल प्रचार प्रसार गरेर कमसल गतिविधि गरी यस सम्मानित पेशालाई बदनाम नगर्न समेत संघले सूचित गरेको छ । संगठनको अहित गर्ने व्यक्तिहरुलाई कानूनी उपचारको माध्यमद्धारा कठघरामा उभ्याउनु नै समग्र बीमा क्षेत्रको हित हुने भन्दै संघले कुनै पनि जीवन्त संगठनमा अधिकांश प्रतिनिधिहरुको हकहितका लागि योगदान गर्ने व्यक्तिलाई मतदान गर्न समेत अनुरोध गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया