Nepal Life

हिमालयन रिइन्स्योरेन्सको आइपिओ सूचिकृत भए पछि शेयर बजारमा उछाल आउने, टप फाइभ बजार पूँजीकरण भित्र पर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 21:28
हिमालयन रिइन्स्योरेन्सको आइपिओ सूचिकृत भए पछि शेयर बजारमा उछाल आउने, टप फाइभ बजार पूँजीकरण भित्र पर्ने
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपिओ दोस्रो बजारमा सूचिकृत भए सँगै शेयर बजारमा उछाल आउने देखिएको छ । कारोबार सुरु भएको केहि दिन भित्रै ‘टप टेन बजार पूँजीकरण’ भएका कम्पनी भित्र पर्ने भएकाले शेयर बजारलाई घट्न रोक्नुका साथै बढाउन मद्दत गर्ने बजार विश्लेषक नवराज दाहालको विश्लेषण छ ।

NIMB

सर्वसाधारण समुहको तीन अर्ब रुपैयाँको आइपिओ निष्काशन सँगै कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३.७ रुपैयाँदेखि अधिकतम ३०९.२१ रुपैयाँको रेञ्ज प्रदान गर्नेछ । यदि पहिलो कारोबार अधिकतम रेञ्ज ३०९.२१ रुपैयाँबाट सुरु भयो भने पनि लगातार ८ कारोबार दिनसम्म सकारात्मक सर्किट लाग्नेछ ।

हिमालयन रिइन्स्योरेन्सकै समानान्तर अर्को कम्पनी नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ६८६ रुपैया रहेको छ । यहि मूल्य हाराहारी मात्रै पुग्यो भने पनि ८ दिनसम्म सकारात्मक सर्किट लाग्नु पर्नेछ । तर पहिलो कारोबार यो भन्दा माथि जाने भएकाले यसको प्रभाव दोस्रो बजारमा राम्रै पर्ने विश्लेषकहरु बताउछन् ।

दोस्रो बजारमा सूचीकृत कम्पनी मध्ये सर्वाधिक धेरै नेपाल टेलिकमको रहेको छ । चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको टेलिकमको बजार पूँजीकरण एक खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो धेरै बजार पूँजीकरण नेविल बैंकको एक खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै नागरिक लगानीकोषको एक खर्ब १६ अर्ब, नेपाल पुनर्बीमा कम्पनीको ८७ खर्ब रुपैयाँ, एनआइसी एशियाको ७६ अर्ब, ग्लोबल आइएमई बैंकको ७४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

हाल नेप्से सूचक २०७८ अंक रहेको छ । पछिल्लो एक महिनाम ३०४ अंकले बढेको शेयर बजारमा एक सातामा करिव ७४ अंकको करेक्सन देखिएको छ । यदि यहि अवधिमा हिमालयन रिको शेयर दोस्रो बजारमा सूचिकृत हुने हो भने शेयर बजारमा राम्रै सपोर्ट गर्नेछ ।  

यसरी बढ्नेछ कम्पनीको शेयर मूल्य

कम्पनीको आइपिओ १५ लाख ६४ हजार ५ सय ६४ जनाले प्राप्त गरेका छन् । त्यस्तै वैदेशिक रोजगारमा गएका नेपालीहरु मध्ये ३२ हजारले हिमालयन रिको आइपिओ हात पारेका छन् । प्रिमियममा शेयर निष्काशन गरेकाले कम्पनीको शेयरमा अन्य कम्पनीको तुलनामा छिटो सप्लाइ आउनेछ । त्यसमा पनि कम्पनीको प्राथमिक शेयर १० कित्तादेखि ४० कित्तासम्म हात पारेका लगानीकर्ताले यदि लगातार ९ दिनसम्म सर्किट लाग्यो भने पनि राम्रो पैसा कमाउने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया