Nepal Life

काठमाडौं उपत्यका नजिकको काभ्रे जिल्लामा घरजग्गाको कारोबार बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 10:53
काठमाडौं उपत्यका नजिकको काभ्रे जिल्लामा घरजग्गाको कारोबार बढ्यो
Sanima Reliance

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय घरजग्गा कारोबारमा केही सुधार देखिएको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकको पछिल्लो पाँच महिनाको तथ्याङ्क हेर्दा गत वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्ष घरजग्गा कारोबार बढेको देखाएको हो । 

NIMB

मालपोत कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म पाँच महिनाको अवधिमा सात हजार १०३ वटा लिखत पास भएको जनाएको छ । कार्यालयले चालु आवको हालसम्म कार्यालयबाट राजीनामा पास तीन हजार ५१४ वटा, बकसपत्र नाताभित्र ३५०, अंशबन्डा १२५, अंश भर्पाई ८८, बैङ्क दृष्टि दुई हजार ७९७ वटा लिखत पास भएको जनाएको छ । यस्तै व्यक्ति दृष्टिका ६८ वटा, सट्टापट्टाका पाँच, सगोलनामका ३२, छोडपत्र ४५, शेषपछिको बकसपत्र नाताभित्र २९, शेषपछिको बकसपत्र नाताबाहिर छ, दर्ता फारी ४३ र दानपत्रको एउटा लिखत पास भएको कार्यालयले जनाएको छ । पाँच वर्षको अवधिमा जिल्लाको नगर क्षेत्रभित्र छ हजार ४१९ वटा र ग्रामीण क्षेत्रभित्रका ६८४ वटा लिखत पास भएको हो । 

कार्यालयले पाँच महिनाको अवधिमा भएको लिखत पासबाट २० करोड ६३ लाख ४० हजार ४६४ रुपियाँ राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालयका अनुसार गत आवको पहिलो पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनाको अवधिमा घरजग्गा कारोबारमा केही सुधार भएको छ । भूउपयोग नियमावली २०७९ पहिलो संशोधनले विगतमा भएको १३० वर्गमिटरभन्दा कम हुने गरी कित्ताकाट हुने व्यवस्थालाई संशोधन गरेर अंश र मोही बाँडफाँट र अदालतको फैसलाको हकमा जति भए पनि जग्गा बाँड्न पाइने व्यवस्था गरेपछि कारोबारमा केही सहज भएको हो ।  

महिलाको नाममा जग्गा

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक (साउनदेखि कात्तिक) सम्म मालपोत कार्यालयबाट एक हजार ४२० महिलाको नाममा जग्गा पास भएको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्वमा छुट दिने व्यवस्था गरेपछि महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको हो । 

यस वर्ष कात्तिक मसान्तसम्म महिलाको नाममा एक हजार ४१५ र पाँच जना दलित तथा जनजातिको नाममा जग्गा पास भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया