Nepal Life

अभिकर्ताको परीक्षा दिएर लाइसेन्स लिनेको क्रम बढ्यो, तीन दिनमै २१६ जना उत्तीर्ण

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 08:03
अभिकर्ताको परीक्षा दिएर लाइसेन्स लिनेको क्रम बढ्यो, तीन दिनमै २१६ जना उत्तीर्ण
Sanima Reliance

काठमाडौं । अभिकर्ताको परीक्षा उत्तीर्ण गरेर लाइसेन्स लिनेको संख्या बढ्न थालेको छ । नेपाल बीमा प्राधिकरणले नियमित रुपमा सञ्चालन गरिरहेको अनलाइन परीक्षामा सहभागिता उल्लेख्य मात्रामा बढिरहेको छ । 

NIMB

प्राधिकरणले यहि पुस ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको अनलाइन परीक्षाबाट २१६ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण परीक्षार्थीहरुको नतिजा प्राधिकरणले आफ्नै वेवसाइटमा सार्वजनिक गरेको छ । 

नेपाल बीमा प्राधिकरणले सञ्चालन गरिरहेको अनलाइन प्रणालीमा सहभागीहरुको अभ्यस्तता बढ्दै गएको छ । सुरुवातिदिनमा बीमा कम्पनीहरुले नै यसलाई खासै राम्रो नभएको भन्दै विरोध गरिरहेका थिए । 

तर अहिले बीमा कम्पनीहरुले नै अनलाइन प्रणालीबाट परीक्षा दिन विभिन्न टेक्निक सिकाउने गरेका छन् । यसले गर्दा पनि सहभागिको संख्या बढ्नुका साथै उत्तीर्ण हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ । अधिकाम्स बीमा कम्पनीहरुले आफ्नै केन्द्रिय तथा शाखा कार्यालयबाट परीक्षा दिलाउने प्रवन्ध मिलाएका छन् । 

प्राधिकरणले अभिकर्ता परीक्षाका लागि निश्चित प्रश्नहरुको संकलन गरेको छ । सोही प्रश्नहरुलाई घुमाइरहने भएकाले पनि बीमा कम्पनीहरुले सहभागीहरुको प्रतिक्रिया अनुसार नयाँ परीक्षार्थीलाई अभ्यस्त बनाउने गरेका छन् । 

बीमा ऐन २०७९ मै बीमा मध्यस्तकर्ताको लाइसेन्स परीक्षा लिएर मात्रै दिलाउनु पर्ने व्यवस्था गरेको हुँदा नेपाल बीमा प्राधिकरणले अनलाइन परीक्षाको प्रणाली विकास गरेको हो । यसको मुख्य उद्देश्य बीमा अभिकर्ताको रुपमा काम गर्ने अभिकर्ताले बीमा सम्बन्धी न्युनतम ज्ञान हासिल गरेकै हुनुपर्छ भन्ने हो । परीक्षा दिनैका लागि भए पनि अभिकर्ताले एक पटक बीमा सम्बन्धी आधारभुत ज्ञान लिने भएकाले उनिहरु बजारमा जादा बीमाको विषयमा अनविज्ञ हुने छैनन् ।

नेपाल बीमा प्राधिकरणले यहि पुस १६ गतेदेखि २० गतेसम्म अभिकर्ता परीक्षा आयोजन गर्दैछ । प्राधिकरणले विहान साढे ८ बजेदेखि १० बजेमसम्म परीक्षा सञ्चालन गर्ने भएको हो । विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिले पनि अभिकर्ता पेशा अंगाल्न सक्ने भएकाले प्राधिकरणले सबैलाई समेट्ने गरी छुट्टा छुट्टा समयमा परीक्षा तालिका बनाउने गरेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया