NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफले बिलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने

National Life
  • BFIS News
  • 2024 Jan 01 07:02
प्रभु महालक्ष्मी लाइफले बिलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने
Sanima Reliance

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२४ को सुरुवातमै प्रभु महालक्ष्मी लाइफले बीलम्ब शुल्कमा ५० प्रतिशत छुटको अफर सार्वजनिक गरेको छ । कम्पनीले नविकरण बीमा शुल्क भुक्तानी गर्नु पर्ने बीमालेखहरु मोहलत अवधि नाघि व्यतित भइ पुनर्जागरणको लागि यस्तो अवसर प्रदान गरेको हो ।

 

Shikhar
NIMB

यसरी बीमा शुल्क भुक्तानी गर्नु पर्ने अवधिमा भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा आजदेखि पुस २७ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गरेमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।

यस योजनामा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बीलम्ब शुल्क छुटको सम्पुर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै यस भन्दा पहिले बीलम्ब छुट सुविधा प्राप्त भइ छुट प्राप्त गरिसकेका बीमितहरुलाई यस योजनामा समावेश नगरिने शर्त रहेको छ । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन ।

बीमितले बीमा पोलिसी खरिद गरिसके पछि आफुले नविकल बीमा शुल्क भुक्तानी गर्नेु पर्ने समय थाहा पाउनु पर्छ । साथ साथै यस अवधिसम्ममा आफुले बुझाउनु पर्ने रकम पनि जुटाएर बस्नु पर्छ । बीमाशुल्कलाई खर्चको रुपमा नहेरी बचतको रुपमा हेर्नु पर्छ । अहिले थोपा थोपा गरेर गरिएको सञ्चित रकम भोलि पोलिसी परिपक्व भए पछि एकमुष्ठ बोनस सहित प्राप्त हुन्छ । साथै आफूलाई केहि भइहाल्यो भने परिवारले पनि आर्थिक क्षतिपुर्ती पाउछन् । यसले गर्दा नविकरण बीमा शुल्क भुक्तानी नगर्दा यि सबै सुविधाबाट बञ्चित हुनु पर्छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया