Nepal Life

नेपाल लाइफको ताप्लेजुङ्ग शाखाबाट तीन जना एमडिआरटी, राजु भण्डारी लगातार चौथो पटक बन्न सफल

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jan Mon 08:49
नेपाल लाइफको ताप्लेजुङ्ग शाखाबाट तीन जना एमडिआरटी, राजु भण्डारी लगातार चौथो पटक बन्न सफल
Sanima Reliance

काठमाडौं । भौगोलिक जटिलताले दुर्गम मानिएको सुदुरपुर्वी हिमाली जिल्ला ताप्लेजुङबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सन् २०२४ का लागि तीन जना एमडिआरटी पाएको छ । सन् २०२३ मा व्यवसायिक लक्ष्य पुरा गरेर २०२४ का लागि नेपाल लाइफ ताप्लेजुङ शाखाबाट भानु राई, सन्देश राइ र राजु भण्डारी एमडिआरटी बन्न सफल भएका हुन् ।

 

NIMB

विश्वव्यापी मान्यता प्राप्त मिलियन डलर राउण्ड टेबल ‘एमडिआरटी’मा पर्न सफल तीन जना मध्ये राजु भण्डारीको यो चौथो सफलता हो । उनि लगातार चार वर्षदेखि एमडिआरटी क्वालिफायर्ड हुँदै आएका छन् ।

कपडा व्यावशाय गर्दै रहेका ३३ वर्षिय भण्डरी ७ बर्ष अघि आफु २ लाखको जीवन बीमा गर्न बाध्य भए पछि उत्सुकताका साथ नेपाल लाइफको ताप्लेजुङ शाखामा बीमाको बारेमा बुझ्न आएका थिए । यसरी बुझ्न आउने क्रममा उनका केहि निकट साथीभाइ र कम्पनीका शाखा प्रमुख र कर्मचारी सँग निकटना बढ्यो । उनलाई कम्पनीका शाखा प्रमुख तथा कम्पनीका कर्मचारी राजु अधिकारीले अभिकर्ता पेशामा आउन अनुरोध गरे । यसरी साथिभाइ र कम्पनीको अनुरोधलाई उनले नकार्न सकेनन् ।

उनि तत्कालिन अवस्थामा जनश्वास्थ कर्यालय ताप्लेजुङमा कम्प्पुटर अप्रेटरको रुपमा काम गर्थे । कम्प्पुटर अप्रेटरको जागिर भएकाले उनलाई विहान, दिउसो तथा साँझ पनि काम गर्ने छुट थियो । यहि अवस्थालाई उनले राम्रो सदुपयोग गर्दै बीमा व्यवसायलाई पनि सँग सँगै अगाडी बढाए । दुई तिरको समय व्यवस्थापन गर्दै कडा मिहिनेत गरिरहेका भण्डारीले छोटो समयमै व्यवसाय संयोजक हुँदै एजेन्सी म्यानेजर भएको । एजेन्सी म्यानेजर भएको केहि समय भित्रै बरिष्ठ एजेन्सी म्यानेजरको लक्ष हासिल गरे ।

नेपाल लाइफले दिएका हरेक लक्ष्यलाई पुरा गर्ने क्रममा उनलाई यस पेशाप्रति गहिरो आत्मियता बढ्दै गयो । उनको कम्पनी प्रति यति लगाब बढ्यो कि नेपाल लाइफको लोगो अंकित ट्याटु नै खोपाए । यसरी नेपाल लाइफको लोगो खोपाउने उनि पहिलो व्यक्ति हुन् । उनि पछि अन्य अभिकर्ताले पनि ट्याटु खोपाएका छन् । उनले यस वर्ष पनि ४२ लाख भन्दा धेरै बीमा शुल्क आर्जन गरेर लगातार चौथो पटक एमडिआरटी बन्न सफल भएका छन् ।

सबै सँग बोल्न नडाउने निडर स्वभावका उनि सबै अभिकर्ता तथा बीमितहरु सँग चिर परित छन् । बीमा विशुद्ध रुपमा सेवा दिने पेशा हो भन्दै उनले बीमा मार्फत हजारौ मानिसहरुको बीमा कन्सलटेन्ट भइसकेका छन् । यस्तै स्वभाव र बीमा प्रतिको लगावले गर्दा नै उनि लगातार चार वर्षदेखि बीमा अभिकर्ताको रुपमा स्थापित भएका छन् ।

समुदायमा बीमा गर्न सजिलो लिन गाह्रो भन्ने आम मानिसको बुझाईलाई उनि चिर्न चाहन्छन् । बीमा वारेमा सकारात्मक भावना फेलाउन सके मात्रै बीमाको बजार विस्तार हुने उनले बताए । बीमाको पहुँच बढाउन अहोरात्र खटिएका भण्डारी बीमा क्षेत्रमा काम गर्ने जोकोहीका लागि प्रेरणाको स्रोत बन्न चाहन्छन् ।

यो पनि पढ्नुहोस्

भानु राई एमडिआरटी २०२४ का लागि योग्य, १४ वर्ष कतारमा काम गरेर फर्किएका राईको एतिहासिक सफलता

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया