Nepal Life

मलेसिया हिडेका ताप्लेजुङका सन्देश राई बने २०२४ कालागि एमडिआरटी

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jan Mon 09:40
मलेसिया हिडेका ताप्लेजुङका सन्देश राई बने २०२४ कालागि एमडिआरटी
Sanima Reliance

काठमाडौं । जटिल भुधरातलमा अवस्थित सुदुरपुर्वको जिल्ला ताप्लेजुङ सिरिजंघा गाउँपालिका याम्फुदिनका शन्देश कुमार राई २०२४ का लगि एमडिआरटी बन्न सफल भएका छन् ।  

NIMB

प्लस टुसम्मको अध्ययन पुरा गरेर वैदेशिक रोजगारका लागि सन् २०१० मा मलेसिया गएका राईले २०१५ सम्म विदेशी भुमीमै काम गरे । करिव ५ वर्ष विदेशी भुमिमा काम गरेर छुट्टी मनाउन नेपाल फर्किएका राइले साथिको करकापमै ११ लाखको बीमा गर्न बाध्य भए । यसरी साथीको करकापमा बीमा गर्नु परेपछि उनि खुव रिसाए । रिसको झोकमै उनि नेपाल लाइफको ताप्लेजुङ शाखामा पुगे ।

कम्पनीका कर्मचारीले उनलाई बीमा अभिकर्ता भएर काम गर्न सुझाए । यसै क्रममा उनले नेपाल लाइफले प्रदान गरेको तीन दिनको अभिकर्ता तालिममा बस्ने अवसर प्राप्त गरे । यसै क्रममा कम्पनीका शाखा प्रमुख हिमाल राइले एक वर्ष नेपालमै बसेर अभिकर्ता पेशामा लाग्ने सुझाव दिए । उनले एक वर्ष पर्ख र हेरको सुझाव दिए पछि उनले अभिकर्ता पेशा सुरु गरे ।

शाखा प्रमुख राइको सुझाव अनुसार काम गर्न सुरु गरेको केहि समयमै व्यवसाय संयोजक भए । छोटो समयमै एजेन्सी म्यानेजर, बरिष्ठ एजेन्सी म्यानेजर हुँदै २०२४ कालागि एमडिआरटीका लागि क्वालिफायर्ड हुन सफल भएका छन् । उनले सन् २०२३ मा ४२ लाख भन्दा बढी बीमा शुल्क आर्जन गर्दै अहिलेको कठिन आर्थिक अवस्थामा पनि सहजै लक्ष्य हासिल गरेका छन् ।

राई नेपाल लाइफबाट आर्थिक वर्ष २०७९/८० मा ५५ लाख भन्दा धेरै बीमा शुल्क आर्जन गर्दै टप ५० भित्र पर्न सफल भएका थिए । उनले एक वर्षमा ५० लाख भन्दा धेरै बीमा शुल्क आर्जन गर्दै समृद्धि पदक जित्न सफल भए । यसरी एमडिआरटी हुँदै नेपाल लाइफबाट समृद्धि पदक जित्नु आफ्नु लागि एकदमै गर्वको कुरा भएको उनि बताउछन् ।

राईले अझ तिव्र रुपमा जीवन बिमाको महत्व तथा आवश्यकता बुझाउदै लैजाने महत्वाकांक्षी योजना बनाएका छन् । यहि महत्वकांक्षाले नै गर्दा नै यति छोटो समयमै एमडिआरटी सहित यो सफलता हासिल गर्न सफल भएको उनि बताउछन् ।

सुरुवाति दिनमा अभिकर्ता पेशालाई एउटा आम्दानीको स्रोतका रुपमा मात्रै हेर्दै आएका राईले पछिल्ला दिनमा जीवन बीमा जिविकोपार्जनको मात्रै स्रोत नभएर सामाज परिवर्तनको संवाहक पनि भएको हुँदा यसबाट समाज विकास र परिवर्तन गर्न सकिने उनि बताउछन् । उनले भने ‘आम मानिस सँग जीवन बीमा गर्ने पैसा नहुने कुरै हुँदैन । बचत गर्ने बानी छैन । यहि बचत गर्ने बानीको अभावले गर्दा मानिसहरुमा आर्थिक इमान्दारिताको कमि देखिन्छ । यदि बीमा मार्फत बचत गर्ने बानी बसाल्ने हो भने दोहोरो फाइदा पाउन सकिन्छ ।’ उनले यो पेशामा आफुलाई निरन्तर अगाडी बढाउने योजना बनाएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया