Nepal Life

सानिमा रिलायन्सबाट टिओटी सहित सन् २०२४ का लागि २७ जना एमडिआरटी बन्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 19:37
सानिमा रिलायन्सबाट टिओटी सहित सन् २०२४ का लागि २७ जना एमडिआरटी बन्न सफल
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले समग्र इन्स्योरेन्स उद्योगको प्रिमियम सङ्कलनमा ह्रास आउदा पनि एक जना 'राउण्ड अफ दि टेवल' र २७ जना एमडिआरटी प्राप्त गरेको छ । 

NIMB

हालसम्म प्राप्त विवरण अनुसार सानिमा रिलायन्सबाटै नमिता न्यौपाने सन् २०२४ कालागि सम्भवत नेपालकै तर्फबाट एक मात्रै टप अफ दि टेवल 'टिओटी'मा पर्न सफल भएकी छिन। अन्य कम्पनीहरुले टिओटीमा पर्ने अभिकर्ताको नाम सार्वजनिक नगरेकाले मात्रै पहिलो भनिएको हो । कम्पनीका अनुसार अहिलेसम्म अन्य कम्पनीहरु कसैले पनि टिओटीमा पर्न सफल अभिकर्ताको नाम सार्वजनिक नगरेकाले सम्भवत यस वर्षका लागि नमिता एक मात्रै टिओटी हुन् । 

उनि एक्लैले २ करोड ५० लाख भन्दा धेरै बीमा शुल्क आर्जन गरेर टिओटीको टार्गेट पुरा गरेकी हुन् । नमिता पौडेल यस वर्ष मात्रै होइन दुई वर्ष अगाडी सन् २०२२ कालागि पनि टिओटीमा पर्न सफल भएकी थिइन् । उनको ७ वर्षको अभिकर्ताको यात्रामा २०२० मा एमडिआरटी, सन् २०२१ मा सिओटी, २०२२ मा टिओटी, २०२३ मा एमडिआरटी र यस वर्ष पनि दोस्रो पटक टिओटीको उपाधी हासिल गरेकी हुन् । 

वैयक्तिक कोडबाट जारी भएको बीमा शुल्कका आधारमा एमडिआरटी र टेओटीका लागि योग्य भएको भन्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बधाई दिएका छन् । कम्पनीले टिओटी र एमडिआरटी क्वालिफायर्ड सबै एजेन्सी म्यानेजरको उच्च मूल्याङ्कन गर्ने पाण्डेले बताए । 

सानिमा रिलायन्सबाट कल्पना विष्ट, नारायण बहादुर गुरुङ, रमेश कुमार रामदाम, रण बहादुर तामाङ, सुनिता कुमारी साह, पुजा गुप्ता, हिमाल देवी गुरुङ्ग  कमल राज शर्मा, तिर्था घिमिरे, झलक कुमार चन्द, रश्मी गिरी, रोसन दाहाल, चन्द्र कुमार आचार्य, बुलु राई, आइष्मा केसी क्षेत्री, आलोक मिश्र, सरोज ढकाल, सिता भट्टराई, केदारनाथ बराई, अभिनास दाहाल, गोकर्ण पाण्डे, माया कुमारी बस्नेत, मान बहादुर कुवँर, आस्था वली, श्याम गुरुङ, यशु म्हसजु श्रेष्ठ र कलावती कुमारी जोशी रहेका छन् । एमडिआरटी २०२४ को ग्लोबल कन्फ्रेन्स आगामी अगष्ट २७ देखि ३० सम्म दुवइ, युएइमा हुँदैछ । 

नेपालमा जीवन बीमा अभिकर्ताहरु माझ एमडिआरटी, सिओटी तथा टिओटी सर्वाधिक आकर्षणको विषय बन्दै आइरहेको छ । यसले जीवन बीमा अभिकर्ताको सफलतालाई समेत मापन गर्ने भएकाले यसका लागि हजारौ अभिकर्ताले प्रयास गरिरहेका हुन्छन् । जीवन बीमा कम्पनीहरुले पनि अभिकर्तालाई यसका लागि प्रोत्साहन गर्न विभिन्न स्किमहरु ल्याउने गरेका छन् । केहि कम्पनीहरुले यस वर्ष एमडिआरटीको लक्ष्य हासिल गर्नेहरुलाई एमडिआरटकी सम्मेलनमा भाग लिन लाग्ने खर्च बेहोर्नेदेखि लिएर थप इन्सेन्टिभका प्याकेज सार्वजनिक गरेका छन् । अभिकर्ताले यस्तो उपाधी हासिल गर्दै गर्दा जीवन बीमा कम्पनीहरुले पनि राम्रो व्यवसाय भित्र्याउछन् । 

साविक सानिमा लाइफ र रिलायबल लाइफ मर्जर भएर बनेको सानिमा रिलायन्स लाइफले पछिल्ला दिनमा अभिकर्ताहरुलाई उत्प्रेरित गर्दै जीवन बीमा व्यवसायमा आक्रामक सुधार गर्दै आइरहेको छ । सन् २०२४ का लागि एमडिआरटीको लक्ष्य हासिल गर्नेको संख्या बढ्नुले पनि यसलाई पुष्ठी गर्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया