Nepal Life

एसबिआई बैंकको ३० साधारणसभा सम्पन्न, १०.५५ प्रतिशत लाभांश पारित

NMB Bank
  • BFIS News
  • 2024 Jan 01 20:50
एसबिआई बैंकको ३० साधारणसभा सम्पन्न, १०.५५ प्रतिशत लाभांश पारित
National Life

काठमाडौं। नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १०.५५ प्रतिशत लाभांश पारित गरेको छ। बैंकको शुक्रबार सम्पन्न सभामा चुक्ता पुँजीमा ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो।

Shikhar
NIMB

भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र उक्त अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत) पारित गरेको छ।

सभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैकिङको आव २०७९/८० को एकीकृत वित्तीय विवरण समेत स्वीकृत  गरेको छ। सभाले बैंकका सेयरधनीहरुलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) गरी चुक्ता पुँजीमा जम्मा १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

उक्त साधारणसभाले आव २०८०/८१मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पीकेएफ टीआर उपाध्या एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्त गर्दै पारिश्रमिक निर्धारण गरेको छ। साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

उक्त सभाले बैंकका तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्न/गराउन अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनी सचिव श्रीधर अधिकारीले जनाएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया