Nepal Life

ऋण नतिरेपछि लक्ष्मी सनराइज बैंकले पुन: लिलामीमा राख्यो धितो राखेको सम्पत्ति

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 21:11
ऋण नतिरेपछि लक्ष्मी सनराइज बैंकले पुन: लिलामीमा राख्यो धितो राखेको सम्पत्ति
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकले धितो राखेर कर्जा लिएका ऋणीको धितो बापतको जग्गा लिलामी राखेको छ । बैंकले सम्पत्ति पुनः लिलाम बिक्रीको ७ दिने सूचना सार्वजनिक गर्दै इच्छुक लगानीकर्ताबाट बोलपत्र आवदेन माग गरेको हो ।

NIMB

बैंकले सुनसरी बस्ने बलबाहादुर राई र उनकी श्रीमती नविना लिम्बुको नाममा रहेको सम्पत्ति लिलामीमा राखेको हो । उनीहरुको नाममा सुनसरीको बाझगरा गाउँपालिका १ मा रहेको घरजग्गा लिलामीमा राखेको हो ।

इच्छुक खरिदकर्ताले बोलपत्र सम्बन्धी शर्त बन्देज सहितको बोलपत्र फारम बैंकको प्रधान कार्यलय हातिसारस्थित कर्जा असुली साखामा आवेदन दिन पर्नेछ । यो बाहेक शाखाकार्यलय धरानबाट पनि आवेदन दिन पाउने छन् । ताकेता गर्दा पनि ऋणी कर्जा चुक्ता गर्न नआएपछि सम्पत्ति लिलामीमा राखिएको बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया