Nepal Life

ग्लोबल आइएमई बैंकले १७ वर्षमा शेयरधनीलाई दियो ४०० प्रतिशत माथिको प्रतिफल, मर्जर र बोनसबाटै सर्वाधिक ठुलो बैंक

Global Ime detail Page
  • पुरूषोत्तम सुवेदी
  • 2024 Jan Tue 06:41
ग्लोबल आइएमई बैंकले १७ वर्षमा शेयरधनीलाई दियो ४०० प्रतिशत माथिको प्रतिफल, मर्जर र बोनसबाटै सर्वाधिक ठुलो बैंक
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक १६ वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको छ । छोटो समयमै उल्लेख्य प्रगति गर्दै आज बाणिज्य बैंकहरु मध्ये अधिकाम्स सूचकमा सर्वाधिक ठुलो बैंक भएको छ । आज भन्दा ठिक १७ वर्ष अगाडी २०६३ साल पुस १७ गते राष्ट्रिय स्तरको ‘क’ वर्गको कारोबार गर्ने इजाजत प्राप्त गरी ग्लोबल बैंकको स्थापना भएको थियो ।

वार्षिकोत्सवको अवसरमा बैंकले १७ वर्षको यो यात्रामा निरन्तर साथ, सहयोग र शुभेच्छा प्रदान गर्नुहुने सम्पुर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभेच्छुकहरुमा हृदयदेखिनै कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनहरुमा पनि सबैको साथ लिदै अझै उत्कृष्ट बैंकिङ सेवा दिदै जाने बैंकले प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

नेपालमा मारवाडी समुदाय तथा ठुला र पुराना व्यवसायिक घरानाले मात्रै व्यापार व्यवसाय, बैंक, वित्तीय संस्थाहरु सञ्चालन गर्न सक्छन् भन्ने भाष्यलाई चिर्दै पुर्खेउली विरासत विना नै आइएमई समुहका प्रवर्द्धक चन्द्र ढकालले व्यवसायिक घराना विनानै आफ्नो व्यवसायिक साम्राज्य खडा गर्न सकिन्छ भनेर प्रमाणित गरिदिएका छन् । आज तिनै चन्द्र ढकालले प्रवर्द्धन गरेको आइएमई फाइनान्सले ग्लोलबल बैंक सँग मर्जर गरी २१ वटा भन्दा धेरै बैंक वित्तीय संस्थालाई समेटेर नेपालकै सर्वाधिक ठुलो बाणिज्य बैंकको रुपमा स्थापित गरिदिएका छन् ।

इच्छाशक्ति भयो भने आफै सँग स्रोत साधन हुनु पर्छ भन्ने छैन । आफ्नो यात्रामा अरुलाई पनि सँग सँगै हिडाउन सकियो भने अवश्य पनि सफल हुन सकिन्छ भन्ने यो एउटा उदाहरण हो । हिजोका दिनमा ग्लोबल बैंक अथवा आइएमई फाइनान्स एक्ला एक्लै हिडेका भए आजको दिनमा बैंक वित्तीय संस्थाको सबैभन्दा पुच्छारमा हुने थिए । तर एक अर्कालाई जोड्दै हातमा हात साथमा साथ लिएर हिड्दा १७ वर्षको छोटो अवधिमै ६० करोडको सानो संस्था ३६ अर्ब १२ करोड चुक्ता पूँजी भएको बैंक बनेको छ ।   

नेपालको मर्जरको इतिहासमा सर्वाधिक सफल अभ्यास गरेको ग्लोबल आइएमई बैंकले २०६९ सालमा ग्लोबल बैंक र साविक आइएमई फाइनान्स गाभिए पछि ग्लोबल आइएमई बैंक बनेको थियो । जतिवेला लर्ड बुद्ध फाइनान्स पनि सँगै गाभियो । यसरी स्थापनाको ६ वर्षमै तीन वटा संस्था एक भएर ग्लोबल आइएमई बैंक हुँदा पनि वर्तमान प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य नै प्रमुख कार्यकारी अधिकृत थिए ।

नेपालको चार्टर्ड एकाउन्टेन्ट मध्ये २३ औं नम्बरमा पर्ने बज्राचार्यको सुरुवाति प्रयास पश्चात ग्लोबल आइएमई बैंक २१ वटा बैंक वित्तीय संस्थाको संगम बनेको छ । उनैले बसाएको मर्जरको धरातलमा आज ग्लोबल आइएम बैंकले शेयरधनी सँग एक रुपैयाँ पनि थप पूँजी आह्वान नगरी बोनस र मर्जरबाटै ३६ अर्ब १२ करोड पूँजी पुर्याउन सफल भएको हो । बैंकले आजको दिनसम्ममा प्रारम्भिक शेयरधनीलाई ४०० प्रतिशत भन्दा धेरै प्रतिफल प्रदान गरिसकेको बज्राचार्य बताउछन् ।

बैंकले पहिलो मर्जरलाई सफल बनाउने वित्तीकै २०६९/७० मा २ वटा “ख” वर्गको विकास बैंकहरू सोसियल डेभलपमेण्ट बैंक र गुल्मी विकास बैंकलाई मर्जर गर्यो । त्यस्तै आर्थिक वर्ष २०७०/७१ मा कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल लिमिटेड(नेपाल राष्ट्र बैंक बाट “क” वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैंक) सँग मर्ज गरि दुई वाणिज्य बैंकहरूको ऐतिहासिक मर्जर सम्पन्न भयो ।

आर्थिक वर्ष २०७३/७४ को अन्त्यमा यस बैंकले पुनः २ वटा “ख” वर्गको विकास बैंकहरू प्यासिफक डेभलपमेण्ट बैंक र रिलायबल डेभलपमेण्ट बैंकलाई गाभ्यो । आ.व. २०७६/७७ को सुरुमा हाथवे फाइनान्स लिमिटेड (नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था) गाभियो र तत्पश्चात तत्कालिन जनता बैंक नेपाल लिमिटेड (नेपाल राष्ट्र बैंक बाट “क” वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैंक) लाई मर्ज गरायो ।

यसैगरि आ.व. २०७९/८० मा बैंक अफ काठमाण्डू लिमिटेड (नेपाल राष्ट्र बैंक बाट “क” वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैंक) लाई मर्ज गराई विभिन्न वित्तीय सूचकाङ्कहरूमा अब्बलता कायम गरी देशकै एक अग्रणी बैंकको रुपमा सञ्चालन भई रहेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले पछिल्लोपटक बैंक अफ काठमाण्डू लिमिटेडलाई मर्जर गरेसँगै यस बैंकमा गाभ्ने/गाभिने बैंक तथा वित्तीय संस्थाको संख्या २१ (मर्जर तथा प्राप्ति भई आएका संस्थाहरूमा समाहित भएका समेत) पुगेको छ ।

बैंकको प्रतिफल

बैंकले शेयरधनीलाई अहिलेसम्म थप पूँजी आह्वान गरेको छैन । नेपाल राष्ट्र बैंकले २ अर्बका बाणिज्य बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउदा पनि ग्लोबल आइएमई बैंकले आजसम्म एक रुपैयाँ पनि हकप्रद शेयर निष्काशन गर्नु परेको छैन । बैंकले अहिलेसम्म खासै नगद लाभांश पनि दिएको छैन । बैंकले आजको दिनसम्ममा प्रारम्भिक शेयरधनीलाई ४०० प्रतिशत भन्दा धेरै प्रतिफल प्रदान गरिसकेको बज्राचार्य बताउछन् ।

बैंकको क्षमता बढाउने अभिप्रायसका साथ बैंकका शेयरधनीले नगद भन्दा पनि बोनस शेयरलाई बढि जोड दिदै आएका छन् । बैंकले सुरुवाति तीन वर्ष बाहेक त्यस पछिका हरेक वर्षमा शेयरधनीलाई आकर्षक लाभांश प्रदान गर्दै आइरहेको छ । बैंकले गएको वर्ष शेयरधनीलाई ९ प्रतिशत मात्रै प्रतिफल प्रदान गर्यो । तर बैंकले क्षमता नभएर नदिएको होइन । नियामकीय प्रोभिजनिङको व्यवस्थाका कारण यस वर्ष लाभांशदर घटेको बैंकको धारणा रहेको छ ।

अहिले लाभांश वितरण नगर्दा पनि उक्त रकम बैंकको जगेडा कोषमा जम्मा भएर बस्ने भएकाले बैंकमा सुरक्षित रहन्छ । जुन पछि बैंकले विस्तारै वितरण गर्दै जान सक्छ । ‘सबैका लागी बैंक’ भन्ने नारासहित स्थापना भएको बैंकले शेयरधनीलाई राम्रो लाभांश दिने मात्रै सोच बनाएको छैन आम नेपालीलाई विश्वस्तरीय बैंकिंग सेवा दिने गरी काम गरिरहेको छ ।

बैंकको आफ्नै मुलभुत मान्यता र आचारसंहिता रहेका छन् । जस अन्तर्गत निष्ठा र व्यवसायिक आचरण, आपसी सहयोग, व्यावसायिकता, सम्मान र विनम्रता, सुशासन र बफादारिता छन् । यसले गर्दा बैंकको व्यवसायिक प्रस्तुतिमा आच आउन दिएको छैन ।

बैंकले ठूलो संख्यामा जनताको विश्वास कमाउन सक्षम भएको छ। जसका कारण बैंकमा हाल ठूलो संख्यामा सेवाग्राही जोडिएका छन् । देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/बैदेशिक प्रतिनिधि कार्यालय सहित ११०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

बैंकका माइलस्टोन

बैंकले आजका दिनमा हासिल गरेको उपलब्धि एक समयको प्रत्यत्नले होइन । यसका लागि बैंकले विभिन्न कालखण्डमा लिएका निर्णय तर उदाहरणीय कामले गर्दा नै यो सफलता हिसिल गरेको हो ।

आजको ग्लोबल आइएमई बैंक सन् २००७ सालमा ‘क’ वर्गको बाणिज्य बैंकको रुपमा स्थापना भएको थियो । स्थापना भएको दोस्रो वर्ष सन् २००८ मा ग्लोबल रेमिट, विभिन्न कार्डहरु, इन्टरनेट बैंकिङ र एसएमएस बैंकिङको सुरुवात गरेर ग्राहक माझ परिचित भयो ।

सन् २००९ मा बैंकले क्रेडिट कार्डको लन्च गर्नुका साथै भिजा कार्ड सँग टाइअप गर्यो । जसले कार्डको प्रयोगलाई थप प्रभावकारी बनायो ।

सन् २०१० मा बैंकले आधिकारिक रुपमा सरकारी भुक्तानीको मान्यता प्राप्त गर्यो । जसले गर्दा सरकारी भुक्तानीमा सरकालाई ठुलो साथ दियो । सन् २०१२ मा बीमाको सुविधा सहित साना व्यवसायी कर्जा लन्च गर्यो । जसले साना तथा घरेलु उद्योग तथा व्यवसायीहरुलाई कर्जाका लागि ठुलो सहयोग भयो ।

सन् २०१२ मा बैंकले आइएमई फाइनान्स र लर्ड बुद्ध फाइनान्स सँग पहिलो सफल मर्जर गर्यो । यहिबाट बैंकको मर्जरको यात्रा सुरु भएको थियो । त्यस्तै सन् २०१३ मा बैंकले गुल्मी विकास बैंक र सोसल डेभलपमेन्ट बैंक सँग दोस्रो सफल मर्जर सम्पन्न गर्यो । सन् २०१४ बैंकका लागि केहि विशेष रह्यो । बैंकले यस वर्ष ‘बैंक अफ दि एयर २०१४’ बाट सम्मानित भयो । साथै यस वर्ष पनि कमर्ज एण्ड ट्रष्ट सँग तेस्रो मर्जर सम्पन्न गर्यो । यसै वर्ष बैंकले अष्ट्रेलियामा आफ्नो रिप्रिजेन्टिभ अफिस सञ्चालनमा ल्योयो । अव बैंकको उपस्थिति नेपालमा मात्रै नभएर दोस्रो मुलुकमा पनि देखाउनु सुरु गर्यो ।

सन् २०१५ मा ग्लोबल आइएमई बैंकले बाणिज्य बैंकहरु मध्ये पहिलो बैंकका रुपमा केन्द्रिय नविकरणीय उर्जा फण्ड प्राप्त गर्यो । सन् २०१६ मा बैंक बेस्ट इन्टरनेट बैंक नेपाल २०१६ बाट सम्मानित भयो । यसै वर्ष बैंकले भारतमा पनि आफ्नो प्रतिनिधि शाखा कार्यालयको स्थापना गर्यो । यो अष्ट्रेलिया पछि दोस्रो प्रतिनिधि शाखा कार्यालय थियो ।

सन् २०१७ मा बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकले प्राप्ति गरि चौथो मर्जर सम्पन्न गर्यो । यसै वर्ष बैंकको शाखा कार्यालय १०० वटा नाघ्यो भने चुक्ता पूँजी ८ अर्ब नाघेको थियो । बैंकले सन् २०१७ मा अमेरिकाम आफ्नो तेस्रो प्रतिनिधि शाखा कार्यालयको सुरुवात गर्यो ।

सन् २०१८ मा बैंकले वर्ल्ड एआरडी कङग्रेस अवार्ड १०१८ बाट सम्मानित हुने अवसर प्राप्त गर्यो । त्यस्तै सन् १०१९ मा बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गरि पाँचौ र जनता बैंक सँग मर्जर गरेर छैठौ मर्जर तथा प्राप्तिको इतिहास रच्यो ।

सन् २०२० मा बैंकले ग्लोबल कनेक्ट लन्च गर्यो । सन् २०२१ मा बैंकले इक्रा रेटिङ एजेन्सीबाट आफ्नो रेटिङ बढाउन सफल भयो । यसै वर्ष बैंकले युरो मनिबाट नेपालको वेष्ट बैंक अवार्ड प्राप्त गर्यो । सन् २०२२ मा बैंकले ७७ वटै जिल्लामा आफ्नो शाखा कार्यालय विस्तार गर्न सफल भयो । त्यस्तै यसै वर्ष मेरो आफ्नै डेबिट कार्ड लन्च गर्यो । सन् २०२३ मा बैंकले आफ्नो १८ औ वर्षको उमेरमा बैंक अफ काठमाडौं सँग मर्जर गरि सातौ सफल मर्जर सम्पन्न गर्यो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया