Nepal Life

प्रिमियममा आइपिओ निष्काशन गरेको सिटिजन लाइफले घोषणा गर्यो लाभांश, बीमा ऐन कार्यान्वयन गर्ने पहिलो कम्पनी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 07:53
प्रिमियममा आइपिओ निष्काशन गरेको सिटिजन लाइफले घोषणा गर्यो लाभांश, बीमा ऐन कार्यान्वयन गर्ने पहिलो कम्पनी
Sanima Reliance

काठमाडौं । प्रिमियममा आइपिओ निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले यस वर्ष चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६२५ नगद सहित कुल ५.२६२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

NIMB

कम्पनीले यस पटक शेयरधनीलाई पुरानो जगेडाकोषबाटै लाभांश दिएको हो । आइपिओ निष्काशन गर्दाको प्रिमियमलाई भने जगेडा कोषमै राखेको छ । कम्पनीले चालु आर्थिक वर्षमा आइपिओ निष्काशन गरेको हुँदा कम्पनीले यस वर्ष जगेडामै राख्ने र अर्को आर्थिक वर्षको लाभांश वितरण गर्दा प्रयोग गर्नेछ । 

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड पुग्नेछ । कम्पनीलाई ५ अर्ब जुटाउन अझै एक अर्ब ६ करोड २५ लाख रुपैयाँ आवश्यक पर्नेछ । 

कम्पनीले प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न पाउने छन् । कम्पनीले ७ औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ । जीवन बीमा कम्पनीहरु मध्ये सिटिजन लाइफ यस पटक सर्वाधिक अगाडी देखिएको छ । जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला अझ समयमै लेखापरीक्षण तयार पार्ने कम्पनी बनेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया