Nepal Life

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको अधिवेशनमा सात प्रदेशबाट ७३२ प्रतिनिधि आउदै

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 13:18
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको अधिवेशनमा सात प्रदेशबाट ७३२ प्रतिनिधि आउदै
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विशेष अधिवेशनमा सातै वटा प्रदेशबाट ७३२ जना प्रतिनिधि आउने भएका छन् ।

NIMB

संघको विशेष अधिवेशन यहि पुस २१ र २२ गते काठमाडौंमा हुँदैछ । आयोजकका अनुसार कर्णाली  प्रदेशबाट विशेष अधिवेशनमा ६ वटा शाखा कार्यालयबाट अभिकर्ताको प्रतिनिधित्व हुनेछ । जसमा जसमा ९७ जनाले सदश्यता दिएका छन् भने अधिवेशनमा ३४ जनाले प्रतिनिधित्व जनाउने छन् ।

सुदुरपश्चिम प्रदेशमा रहेका १६ वटै शाखा कार्यालयबाट प्रतिनिधि आउने भएका छन् । यस प्रदेशमा मात्रै ३४९ जना अभिकर्ताले सदश्यता लिएका छन् । यहाँबाट अधिवेशनमा ८३ जनाको प्रतिनिधित्व हुनेछ ।

लुम्बिनी प्रदेशमा १७ वटा शाखा कार्यलयबाट ४०४ जना अभिकर्ताले सदश्यता लिएका छन् । उनिहरु मध्ये ९२ जनाले अधिवेशनमा सहभागिता जनाउदै छन्

वागमति प्रदेशमा रहेका ४८ वटा शाखा मध्ये ४५ वटा शाखाबाट अभिकर्ताले प्रतिनिधित्व जनाउदै छन् । सदश्यता लिने र नविकरण गर्नेको संख्या १२५२ जना रहेका छन् भने अधिवेशनमा सहभागी हुने प्रतिनिधि २५५ जना छन् ।

मधेश प्रदेशबाट अधिवेशनमा सहभागी हुनेको स्ख्या १४ वटा रहेको छ भने सदश्यता लिने र नविकरण संख्या ३२८ छ । उनिहरु मध्ये ७५ जना अधिवेशनका लागि काठमाडौं आउदैछ ।

कोशी प्रदेशबाट  अधिवेशनमा सहभागी हुने शाखा संख्या २२ रहेको छ भने सदश्यता लिने र नविकरण गर्नेको संख्या ७७७ जना छ । अधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या भने १२६ रहेको छ ।

गण्डकी प्रदेशबाट अधिवेशनमा सहभागीता हुने शाखा कार्यालयको संख्या ११ जना रहेको छ भने उनिहरुबाट सदश्यता लिने र नविकरण गर्नेको संख्या ४२७ जना छ । अधिवेशनमा सहभागी रहने प्रतिनिधि संख्या ६७ रहेको आयोजकले जनाएको छ ।

विशेष अधिवेशनलाई लिएर केहि असन्तुष्ट पक्षले भने विरोध जनाउदै आएको छ । चुनावबाट हारिने डरले गर्दा उनिहरुले सकेसम्म अधिवेशन नै हुन नदिने र भइहाले पनि विरोध जनाउने मनस्थिति बनाएका छन् । अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले अभिकर्ताहरु माझ चहलपहल बढेको छ । अध्यक्षका लागि गणेश अधिकारीले लगायतले दावी गरेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया