एशियन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म पाउने
- BFIS News
- 2024 Jan 03 06:48
काठमाडौं । एशियन लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमितले न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म पाउने भएका छन् । कम्पनीले बीमितका आर्थिक वर्ष २०७९/८० को बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले नेपाल बीमा प्राधिकरणबाट पुस १२ गते आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायीत्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृत गराइ बीमितको लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको नयाँ बोनसदर मुनाफामा सरिक हुने गरी जारी गरेका जीवन बीमालेखहरु, मृत्यु दाबी भुक्तानी, पूर्वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा समेत लागु हुनेछ । एशियन लाइफले यस आर्थिक वर्षमा न्युनतम प्रतिहजार ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म तोकेको छ ।
सावधिक तथा आजीवन बीमालेख
यो बीमा पोलिसीखरिदकर्ता मध्ये १४ वर्षअवधिसम्मकाले प्रतिहजार ६१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिकाले प्रतिहजार ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ६४ रुपैयाँ, २५ वर्ष वा सो भन्दा माथि अवधिको पोलिसी खरिदकर्ताले प्रतिहजार ७५ रुपैयाँ पाउने छन् ।
सावधिक जीवन बीमालेख
यो पोलिसी १४ वर्षसम्मको लागि खरिद गर्नेले प्रतिहजार ४५ रुपैयाँ मात्रै पाउने छन् । त्यस्तै १५ देखि १९ वर्ष अवधिकाले ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ५७ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथि अवधिकाले प्रतिहजार ६५रुपैयाँ पाउने छन् ।
बालबालिका सावधिक जीवन बीमालेख
यो पोलिसी खरिद कर्ताले पनि यदि १४ वर्ष भन्दा कम अवधिको छ भने ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिकाले ५० रुपैयाँ, २५ वर्ष वा सो भन्दा माथिकाले ६० रुपैयाँ पाउने छन् ।
सामुहिक सावधिक, नव रत्न, जीवन संजीवनी, दम्पत्ती सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, बालउच्च शिक्षा, भविष्य निधी योजना
माथिका पोलिसी यदि १४ वर्षसम्मको अधविका लागि खरिद गरिएको छ भने ४२ रुपैयाँ मात्रै बोनस पाइनेछ । त्यस्तै १५ वर्षदेखि १९ वर्षसम्मको लागि पनि ४२ रुपैयाँ नै छ । २० वर्षदेखि २४ वर्ष अवधिको हकमा भने ४५ रुपैयाँ र २५ वर्ष भन्दा माथिको हकमा ५० रुपैयाँ रहेको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
यो पोलसी १० वर्षे छ भने ५० रुपैयाँ, १२ वर्षे ५० रुपैयाँ, १५ वर्ष ६० रुपैयाँ, १८ वर्ष ६५ रुपैयाँ, २० वर्षे ७० रुपैयाँ र २५ वर्षे ७० रुपैयाँ रहेको छ ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया