Nepal Life

हिमालयन रिइन्स्योरेन्सको आइपिओ डिम्याट खातामा जम्मा, नेप्सेमा सूचीकृत भए पछि मात्रै कारोबार सुरु हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 13:58
हिमालयन रिइन्स्योरेन्सको आइपिओ डिम्याट खातामा जम्मा, नेप्सेमा सूचीकृत भए पछि मात्रै कारोबार सुरु हुने
Sanima Reliance

काठमाडौं । प्रिमियममा प्राथमिक शेयर निष्काशन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले सर्वसाधारण समुहको तर्फको ३ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशनको प्रकृयाँ पुस २ गते पुरा गरेको थियो । पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीका लागि र दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको थियो । 

NIMB

पहिलो चरणमा वैदेशी रोजगारका लागि छुट्टाएको ३० लाख कित्ता, म्युचुअल फण्डका लागि छुट्टाएको १५ कित्ता, कर्मचारीका लागि छुट्टाएको ६ लाख कित्ता र २ करोड २९ लाख कित्ता डिम्याट खातामा आएको छ । अव संस्थापक समुहको ७ करोड कित्ता सहित १० करोड कित्ता नेपाल स्टक एक्सचेन्जमा सूचिकृत गर्नु पर्नेछ । 

यसका लागि कम्पनीले नेपाल स्टक एक्सचेन्जको प्रकृयाँ पुरा गर्नु पर्नेछ । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत गरे पछि दोस्रो बजारमा कारोबारका लागि न्युनतम र अधिकतम रेञ्ज प्रदान गर्नेछ । कम्पनीले बुझाएको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार न्युनतम १०३.७ रुपैयाँदेखि अधिकतम ३०९.२१ रुपैयाँको रेञ्ज प्रदान गर्नेछ । कारोबार खुलेको पहिलो दिनमा पहिलो कारोबार जुन मूल्यमा म्याचिङ हुन्छ त्यहिबाट कारोबार सुरु हुनेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया