Nepal Life

रामबहादुर ओली सन् २०२५ को पहिलो एमडिआरटी, पहिलो दिनमै ४७ लाख ६२ हजार बीमा शुल्क जुटाएर बनाए किर्तिमानी

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jan Thu 06:41
रामबहादुर ओली सन् २०२५ को पहिलो एमडिआरटी, पहिलो दिनमै ४७ लाख ६२ हजार बीमा शुल्क जुटाएर बनाए किर्तिमानी
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका रामबहादुर ओलीले सन् २०२५ का लागि पहिलो दिनमै एमडिआरटी बनेर किर्तिमानी कायम गरेका छन् । उनले यस वर्ष १४ वटा कम्पनीहरु मध्येबाट सबैभन्दा पहिलो पटक त्यसमा पनि पहिलो दिनमै एमडिआरटीको टार्गेट पुरा गरेका हुन् ।

NIMB

रामबहादुर ओलीले यस वर्षको पहिलो दिन अर्थात जनवरी पहिलो तारिखकै दिन चार करोड २० लाख रुपैयाँ बिमाङ्कबाट ४७ लाख ६२ हजार ६७१ रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरि नेपालको पहिलो एमडिआरटी हुन सफल भएको कम्पनीको तुलसीपुर शाखा प्रमुख बसन्त प्रसाद पोख्रेलले जानकारी दिए । सन् २०२५ का लागि एमडिआरटी बन्न ४६ लाख ९२ हजार ९०० रुपैयाँ प्रथम बीमा शुल्क  बुझाएको हुनु पर्छ वा १५ लाख ६४ हजार ३०० रुपैयाँ कमिसन प्राप्त गरेको हुनुपर्ने प्राबधान छ ।

ओली एक दशकदेखि नेपाल लाइफको तुलसीपुर शाखा मात्रै होइन लुम्बिनी प्रदेशबाटै सर्वाधिक धेरै व्यवसाय गर्ने अभिकर्ताका रुपमा चिनिन्छन् । यति मात्रै होइन उनि सन् २०२१ देखि सिओटी हुँदै एमडिआरटी बन्दै आइरहेका छन् । पहिलो पटक २०२१ मै सिओटी बनेका उनि त्यस पछिका वर्षहरु २०२२, २०२३, २०२४, २०२५ र यस वर्ष २०२५ का लागि पनि एमडिआरटी क्वालीफायडर्ड भएका छन् । नेपाल लाइफबाट सन् २०२५ कालागि पहलो दिनमै एमडिआरटी बनेका उनि नेपालबाटै पहिलो हुन सक्ने कम्पनीको दाबी छ ।

ओली आफ्नो शाखा तथा प्रदेशबाट मात्रै नभएर नेपाल लाइफको सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्ने अभिकर्ताको सूचिमा पर्दै आइरहेका छन् । रुकुममा जन्मिएका ओली विगत १७ वर्षदेखि दाङमा विभिन्न पेशा व्यवसायमा संलग्न छन् । उनको मुख्य काम व्यवसाय हो । होटल पसल गर्दै आइरहेका ओलीको श्रीमति सहित दुई छोरी र एक छोरा रहेका छन् । जसले उनको व्यवसाय र अभिकर्ता पेशामा पनि साथ सहयोग पुर्याउछन् ।

उनि यो पेशामा आफ्नै छोरीको बीमा गराउने क्रममा प्रवेश गरेका थिए । खासमा उनलाई कसैले बीमाका लागि प्रस्ताव गरे । त्यस पछि उनले बीमाको वारेरमा राम्रो सँग बुझ्ने मौका पाए । बीमाको विषयमा सामान्य बुझाए सँगै उनि आफैले अभिकर्ता भएर काम गर्ने सोच बनाए । यो सोचलाई आफ्नै छोरीको पोलिसी बिक्री गरेर शुभारम्भ गरे । सुरुका वर्षमा एमडिआरटीको प्रावधान थिएन तै पनि उनि धेरै बीमा शुल्क आर्जन गर्ने भित्र पर्दै आएका थिए । जव नेपाल लाइफले एमडिआरटीको प्रावधान ल्यायो त्यस पछि उनि लगातार एमडिआरटी बन्दै आएका छन् ।

उनि जस्तो सुकै परिस्थितिमा पनि व्यवसाय भित्र्याउन अब्बल छन् । उनि भन्छन् ‘नेपालमा आर्थिक मन्दी छ भन्छन् तर मलाई त्यस्तो लाग्दैन । नेपाल देश गरिव भए पनि नेपालीहरु धेरै धनी छन् । मानिसहरु सँग पैसा भएर पनि निकालिरहेका छैनन् ।’ उनले थपे, हामीहरु विश्वास दिलाएर पोलिसी बिक्री गर्छौ ।

उनि जहिले पनि बीमितलाई पहिलो प्राथमिकता दिन्छन् । बीमितहरुले भुक्तानी गर्ने नविकरण बीमा शुल्क उनि आफै उठाउछन् । यदि कसैले अहिले छैन भनेमा तत्काल आफैले तिरिदिएर पछि विस्तारै उठाउछन् । यसले गर्दा उनका कुनै पनि पोलिसी ल्याप्सेस छैनन् ।  पोलिसी परिपक्व भयो भने घरमै पुर्याइदिने, घातक रोग तथा दुर्घटनाबाट केहि भयो भने बीमितको सम्पुर्ण कागजात आफै जुटाइदिनेदेखि लिएर सबै प्रकृयाँ अगाडी बढान सहयोग गर्छन् ।

उनले आफ्नो व्यवसाय सँग सँगै बीमितहरुको सेवामा धेरै समय खटिन्छन् । जसले गर्दा उनि नयाँ नयाँ बीमित भेटाइरहन्छन् । हरेक मानिसका दुखमा साथ दिने उनको स्वभावले गर्दा नै उनलाई सबैले विश्वास गर्ने गर्छन् । यहि विश्वासले गर्दा आज यस स्थानसम्म आइपुगेको उनि बताउछन् । ५ वर्षदेखि लगातार सिओटी सहित एमडिआरटी बन्नु वास्तवमा सहज काम पक्कै पनि होइन । हालसम्म ५ सय भन्दा धेरै व्यक्तिहरुको बीमा गरिसकेका ओलीले बीमित सँग १५ करोड भन्दा धेरै बीमा शुल्क संकलन गरिसकेका छन् । त्यसैले उनि ५ सय बीमितको बीमक नै हुन् ।

चार वर्षदेखि लगातार एमडिआरटी बन्दै आएका उनलाई यस वर्ष पहिलो दिनमै एमडिआरटी बनेर नयाँ रेकर्ड बनाउन मन लाग्यो। यसले गर्दा उनले एक सातादेखि बीमित खोज्न सुरु गरेका थिए । उनले सात जनालाई नै पहिलो तारिखमा बीमा गर्नु पर्छ है भनेर आवश्यक कागजात जुटाउने तथा बीमा शुल्कको तयारी गर्ने काम गरेका थिए । यसले गर्दा उनले नेपालमै पहिलो पल्ट पहिलो दिनमै एमडिआरटी क्वालिफार्यड भएर नयाँ रेकर्ड बनाएका हुन् । यस भन्दा अगाडीका वर्षमा पनि पहिलो दिनमै एमडिआरटी बनेर रेकर्डहरु कायम भइसकेका छन् । ओलीले एक दशकसम्म लगातार एमडिआरटी बन्ने लक्ष्य लिएका छन् ।

उनले अहिलेसम्म बीमा गरेका मध्ये १५ वटा जतिको पोलिसी परिपक्व भएका छन् । उनले प्रायः सबैको १७ वर्षदेखि २१ वर्ष अवधिको बीमा गराउने गर्छन् । नेपालमा बीमा गरेपछि दोब्बर हुन्छ भन्ने विश्वास भएकाले त्यो विश्वासलाई कायम राख्न पनि उनि लामो अवधिको बीमा गराउदै आइरहेका छन् । १५ वर्ष भन्दा कम अवधिको बीमा गर्दा एकदमै कम बोनस दर प्राप्त हुन्छ । जसले गर्दा पोलिसी दोब्बर हुनै सक्दैन ।

त्यसैले उनले बीमितलाई सकेसम्म दोब्बर फाइदा होस् भनेर लामो अवधिको बीमा गराइदिन्छन् । जसले गर्दा उनले बीमा गराएका व्यक्तिहरुको पोलिसी परिपक्कव हुन अझै केहि समय लाग्ने छ । उनि पोलिसी ल्याप्सेस हुन दिदैनन । यदि ल्याप्सेस हुन थाल्यो भने आफै बीमा शुल्क भुक्तानी गरिदिन्छन् र पछि बिमित सँग उठाउछन् ।

नेपालमा १४ वटा कम्पनीहरु मध्ये पहिलो दिनमै एमडिआरटी बनाएर नयाँ रेकर्ड बनाउन सकेकोमा उनि खुसी छन् । उनले जति पनि बीमा गराएका छन् ति सबै बीमितले राम्रो प्रतिफल पाउन् भने उनि चाहन्छन् । जसरी सहकारी डुबेर हराइरहेका छन् त्यो स्थिति बीमा क्षेत्रमा ल्याउन नदिन नेपाल सरकार, बीमा प्राधिकरण र बीमा कम्पनीले सदैब सचेत भएर काम गर्नु पर्ने उनको धारणा छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया