Nepal Life

प्रभु महालक्ष्मी लाइफको चमत्कारिक हेरचाह जीवन बीमा योजना, बीमितको परिवारमा साच्चै ल्याउनेछ चमत्कार

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jan Thu 07:43
प्रभु महालक्ष्मी लाइफको चमत्कारिक हेरचाह जीवन बीमा योजना, बीमितको परिवारमा साच्चै ल्याउनेछ चमत्कार
Sanima Reliance

काठमाडौं । जीवन बीमा हरेक मानिसका लागि अपरिहार्य छ । जीवनमा भइपरिआउने जोखिमको व्यवस्थापनदेखि लिएर नियमित बचतका लागि बीमा कम्पनीहरुले बीमितलाई आकर्षित गर्न विभिन्न पोलिसी ल्याइरहेका हुन्छन् । प्रभु महालक्ष्मी लाइफले बचत सँगै भविष्यमा बीमितलाई केहि तलमाथि भइहाल्यो भने बीमितको अनुपस्थितिमा पुरै परिवारलाई सुरक्षित गर्ने गरी ‘चमत्कारिक हेरचाह जीवन बीमा योजना’ ल्याएको छ ।

NIMB

सामान्यतया बीमितको मृत्यु भए पछि बीमा कम्पनीहरुले बीमाङ्क रकम र बीमितले बुझाएको बीमा शुल्क र उक्त बीमा शुल्कबाट आर्जित बोनसलाई एकमुष्ठ रुपमा प्रदान गर्दछन् । यसरी एकमुष्ठ रुपमा प्राप्त हुने रकमबाट बीमितको परिवारले एक पटकका लागि ठुलै राहात पाए पनि उक्त पैसा निश्चित समय पछि सकिन्छ र बीमितको परिवारलाई आर्थिक संकट पर्न सक्ने सम्भावना उत्तीकै रहन्छ । यहि अवस्थालाई मध्यनजर गर्दै प्रभु महालक्ष्मी लाइफले यदि बीमितको बीमा अवधि भित्रै मृत्यु भयो भने इच्छाएको व्यक्तिलाई बीमाङ्क रकम भुक्तानी गर्नेछ भने बीमा अवधि समाप्ति मितिसम्म इच्छाइएको व्यक्तिलाई प्रत्येक त्रैमाशमा बीमाङ्कको २.५ प्रतिशतका दरले रकम प्रदान गर्नेछ ।

जुन आफैमा चमत्कारिक योजना हो । बीमितको अनुपस्थितिमा पनि बीमा कम्पनीले बीमितको परिवारलाई घरखर्च चलाउन नियमित पैसा प्रदान गर्छ । जसले बीमितले आफ्नो जीवनकालमा आर्जन गर्ने तलवको काम गर्नेछ ।

यो पोलिसीको बीमा शुल्क किस्ताबन्दीमा तिर्दै जाने भएकाले बीतिलाई खासै ठुलो आर्थिक भार पर्दैन । बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा आर्थिक हिसाबले असहज परिस्थिति आएमा बीमालेख धितो राखि ऋण लिन सकिने सुविधा रहेको छ । यदि अपवादको रुपमा बीमितले योजनालाई निरन्तरता दिन नसकेमा योजनालाई समर्पण पनि गर्न सकिने सुविधा रहेको छ ।

प्रमुख विशेषताः

चमत्कारिक हेरचाह जीवन बीमा योजनाको न्यूनतम प्रवेश उमेर १८ बर्ष तोकिएको छ भने अधिकतम प्रवेश उमेर ६० वर्ष रहेको छ । बीमा अवधि न्यूनतम ५ वर्ष देखि अधिकतम २५ वर्षसम्मको छनोट गर्न सकिने छ । बीमा अवधि समाप्तिमा बीमितको अधिकतम उमेर ६५ वर्ष रहेको छ ।

यो बीमा पोलिसी न्युनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्मको बीमाङ्क कायम गर्न सकिनेछ । बीमितले वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने छन् । जति वेला आफु सँग पैसा हुन्छ त्यहि समयको व्यवस्थापन गर्न सक्ने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यस जीवन बीमा योजनामा बीमाशुल्क भुक्तानी तरिका छनोटको आधारमा प्रिमियम घटबढ हुनेछ । जस अनुसार अर्ध वार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा १ प्रतिशत थप लाग्नेछ । त्रैमासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा २ प्रतिशत थप लाग्नेछ भने मासिक बीमाशुल्क भुक्तानी तरिका छनोटमा ३ प्रतिशत थप लाग्नेछ ।

साथै यस योजनामा बीमाङ्क रकमको आधारमा पनि छुटको व्यवस्था गरिएको छ । बीमाङ्क रकम २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँ रहेको छ भने प्रतिहजार ०.२५ रुपैयाँ छुट पाउन सकिने कम्पनीले जनाएको छ । त्यस्तै बीमाङ्क रकम ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको भएमा प्रतिहजार ०.५० रुपैयाँ छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी बीमाङ्क रकम एक करोड रुपैयाँदेखि माथि भएमा प्रतिहजार ०.७५ रुपैयाँ छुट प्रदान गरिएको छ ।

ऐच्छिक सुविधाहरुः         

दुर्घटना मृत्यु लाभ (ADB):

यदि बीमितको बीमा अवधिमा मृत्यु भयो भने बीमितको परिवारले बीमाङ्क रकम बराबरको दुर्घटना मृत्यु लाभको सुविधा पाउने छन् । तर बीमाङ्क रकम एक करोड भन्दा माथि छ भने बीमितले एक करोड रुपैयाँ मात्रै यस सुविधा अन्तर्गत प्राप्त गर्ने छन् । बीमा पोलिसी खरिद गर्दा यस्तो सुविधालाई एच्छिकको रुपमा राखिएको छ । यदि बीमितले यस्तो सुविधा लिने हो भने बीमा पोलिसी खरिद गर्ने समयमै खुलाउनु पर्छ ।

पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा (TPDA) तथा बीमाशुल्क छुट सुविधा (PWB):

प्रभु महालक्ष्मी लाइफको यस चमत्कारिक हेरचाह जीवन बीमा योजनामा पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा तथा बीमा शुल्क छुटको पनि सुविधा रहेको छ । यदि बीमितको बीमा अवधि कायम रहदै कुनै पनि कारण पूर्ण वा स्थायी अपाङ्ग भएमा असक्त सुविधा प्राप्त गर्न सक्ने छन् । यो सुविधापनि बीमितले बीमाङ्क रकम बराबरकै पाउने छन् । तर बीमाङ्क रकम एक करोड भन्दा धेरै रहेको छ भने एक करोड रुपैयाँ बराबरकै सुविधा प्रपात गर्ने कम्पनीले जनाएको छ । यस्तो सुविधा प्राप्त गर्ने बीमितले बीमा शुल्क छुटको सुविधा समेत प्राप्त गर्ने छन् ।

घातक रोग रक्षावरण सुविधा (CI):

यदि बीमितलाई बीमा अवधि भित्रै कुनै प्रकारणको घातक रोग लाग्यो भने घातक रोगको पनि रक्षावरण गर्ने सुविधा रहेको छ । बीमितलाई क्यान्सर लगायत निको नहुने २५ वटा मध्ये कुनै पनि रोग लागेमा बीमाङ्क रकम बराबवर अथाव बढिमा ५० लाख रुपैयाँसम्मको सुविधा पाउन सकिनेछ । जसमा ५० लाख भन्दा कमको बीमा पोलिसी रहेको छ भने बीमा पोलिसी बराबरकै र ५० लाख भन्द बढिको बीमा पोलिसी छ भने ५० लाख रुपैयाँसम्म मात्रै यस्तो सुविधा पाउन सकिनेछ ।

उदाहरणः

यदि ३० वर्षको व्यक्तिले १५ वर्ष अवधि १० लाख रुपैयाँको बीमा गर्दा वार्षिक प्रिमियम भुक्तानी छनोटमा ७५ हजार ३४० रुपैयाँ वार्षिक प्रिमियम अर्थात बीमा शुल्क पर्न जान्छ । यदि बीमितले अर्धवार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्ने हो भने प्रत्येक छ महिनामा ३८ हजार ४७ रुपैयाँ भुक्तानी गर्नु पर्छ । त्यस्तै त्रैमासिक अवधिमा बीमा शुल्क भुक्तानी गर्ने हो भने १९ हजार २१२ रुपैयाँ, मासिक रुपमा भुक्तानी गर्ने हो भने प्रत्येक महिना ६ हजार ४६७ रुपैयाँ भुक्तानी गर्नु पर्छ । यस्तो बीमा शुल्क बीमितको उमेर तथा बीमा अवधिका आधारमा तलमाथि पर्न जान्छ ।

दुर्घटना मृत्यु लाभ, पूर्ण तथा स्थायी अपाङ्ग असक्तता लाभ तथा बीमाशुल्क छुट सुविधा थप गर्दा वार्षिक प्रिमियम भुक्तानी छनोटमा माथिकै उदाहरणका आधारमा बीमितले एक वर्षमा ७६ हजार ४०० रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्छ । अर्ध वार्षिक रुपमा भने प्रत्येक छ महिनामा ३८ हजार ५८२ रुपैयाँ, त्रैमासिक रुपमा बुझाउदा १९ हजार ४८२ रुपैयाँ र मासिक रुपमा भुक्तानी गर्दा एक महिनाको ६ हजर ५५८ रुपैयाँ पर्न जान्छ ।

माथि उल्लेखित सबै ऐच्छिक सहित घातक रोग रक्षावरण सुविधा थप गर्दा वार्षिक प्रिमियम भुक्तानी छनोटमा वार्षिक बीमा शुल्क ७८ हजार ८५० रुपैयाँ, अर्ध वार्षिक बीमा शुल्क३९ हजार ८१९ रुपैयाँ, त्रैमासिक बीमा शुल्क भुक्तानी गर्दा २० हजार १०७ रुपैयाँ र मासिक रुपमा ६ हजार ७६८ रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्छ ।

मूल बीमालेखमा घातक रोग उपचार खर्च सुविधा मात्र थप गर्दा वार्षिक प्रिमियम भुक्तानी छनोटमा ७७ हजार ७९० रुपैयाँ वार्षिक प्रिमियम, अर्ध वार्षिक प्रिमियम भुक्तानी छनोटमा ३९ हजार २८४ रुपैयाँ अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा १९ हजार ८३६ रुपैयाँ त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा ६ हजार ६७७ रुपैयाँ मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

प्रत्येक अभिभावकको सपना आफ्नो बालबच्चा तथा परिवारको राम्रो हेरचाह गर्ने हुन्छ र उनीहरुको सपना पुरा गर्न रात दिन मेहनत गरिरहेका हुन्छन् । यदि अभिभावकलाई केही तलमाथि भएता पनि परिवारका आश्रित व्यक्तिहरुको हेरचाह अभिभावकले जस्तै बीमा कम्पनीले गरोस् भन्ने चाहना भएका प्रत्येक अभिभावकले यस योजनामा सरिक हुन सक्नेछन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चमत्कारिक हेरचाह जीवन बीमा योजना आम नेपालीलाई सुहाउँदो जीवन बीमा योजना हो । जसले आम्दानी गर्ने व्यक्तिको अनुपस्थितिमा आश्रीत परिवारलाई आइपर्न सक्ने आर्थिक संकटलाई न्यूनिकरण गरी जनजिविका सहज गर्न मद्दत गर्दछ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया