Nepal Life

नेपाल लाइफले एमडिआरटी बन्ने ११६ जना अभिकर्ताहरुलाई पुस २३ गते सम्मान गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 19:47
नेपाल लाइफले एमडिआरटी बन्ने ११६ जना अभिकर्ताहरुलाई पुस २३ गते सम्मान गर्दै
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यहि पुस २३ गते एमडिआरटी बन्ने अभिकर्ताहरुलाई सम्मान गर्ने भएको छ । नेपाल लाइफबाट सन् २०२४ कालागि ११६ जना अभिकर्ताहरु एमडिआरटीका लागि क्वालिफार्यड भएका छन् ।

NIMB

सन् २०२४ कालगि २ जना सिओटी र ११६ जना एमडिआरटी बनेका हुन् । गएको वर्ष एक सय हाराहारी एमडिआरटी बनेकोमा यस वर्ष कम्पनीले अझै धेरै एमडिआरटी प्राप्त गरेको छ । 

चरम आर्थिक मन्दीमा पनि कम्पनीले उल्लेख्य मात्रामा व्यवसाय भित्र्याउन सकेको छ । कम्पनीले यतिका धेरै संख्यामा एमडिआरटी पाउदा समग्रमा कम्पनीको व्यवसायमा पनि उल्लेख्य बृद्धि भएको कम्पनीले जनाएको छ । 

कम्पनीले एमडिआरटी र सिओटीको लक्ष्य हासिल गर्ने अभिकर्ताहरुलाई थप प्रोत्साहित गर्न यहि पुस २३ गते होटल हायातमा विशेष सम्मान गर्ने भएको हो । पुस २१ र २२ गते पेशागत बीमा अभिकर्ता सँग बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अधिवेशन भएकाले यसैका लागि अभिकर्ताहरु काठमाडौं आउदै छन् । यहि अवसरलाई सदुपयोग गर्दै कम्पनीले उनिहरुको सम्मान पनि गर्ने भएको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया