Nepal Life

लाभांश पारित गर्न सिटिजन लाइफले डाक्यो साधारणसभा, सर्वसाधारणको तर्फबाट दुई सञ्चालकको निर्वाचन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 06:14
लाभांश पारित गर्न सिटिजन लाइफले डाक्यो साधारणसभा, सर्वसाधारणको तर्फबाट दुई सञ्चालकको निर्वाचन
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी माघ १४ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते विहान ११ बजे आम्रपाली ब्याङ्क्वेटमा आयोजना गर्ने निर्णय गरेको हो ।

NIMB

कम्पनीले यस भन्दा अगाडी घोषणा गरेको ५ प्रतिशत बोनस शेयर सातौं वार्षिक साधारणसभाले पारित गर्ने छ । प्रिमियममा प्राथमिक शेयर निष्काशन गरेको सिटिजन लाइफले यस पटक प्रथमिक शेयर निष्काशनबाट आर्जन भएको प्रिमियमलाई जगेडा कोषमा जम्मा गर्ने र जगेडा कोषमा भएको रकमलाई बोनसको रुपमा बाँड्ने भएको हो ।

साधारणसभाले अध्यक्षको मन्तव्य सहितको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै लेखापरीक्षणको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

कम्पनीको आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ३ अर्ब ७५ करोडको ५ प्रतिशतका दरले हुने रकम १८ करोड ७५ लाख बराबरको शेयर जारी गर्ने विशेष प्रस्ताव र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश पनि पारित गर्नेछ । सभाले सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पँजी ३ अर्ब ७५ करोड रहेको छ । बोनस शेयर वितरण पछि चुक्ता पूँजी ३ अर्ब ९३ करोड पुग्नेछ । कम्पनीको ७ औं वार्षिक साधारणसभा प्रयोजनका लागि पुस २९ गते बुक क्लोज हुनेछ । पुस २८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन सक्ने छन् । साथै शेयरधनीमा निर्वाचित हुनका लागि तथा निर्वाचनमा भाग लिनका लागि पनि पुस २८ गतेसम्म शेयरधनी कायम हुनु पर्दछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया