Nepal Life

नेको इन्योरेन्सले डाक्यो साधारणसभा, ७० करोड नाफा हुँदा पनि किन दिएन लाभांश ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 06:40
नेको इन्योरेन्सले डाक्यो साधारणसभा, ७० करोड नाफा हुँदा पनि किन दिएन लाभांश ?
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आगामी माघ १२ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन नक्सालमा विहान ११ बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।

NIMB

कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभाश नदिने भएको छ । साधारणसभाले केवल सञ्चालक मसितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पुर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

साधारणसभाले यस पटक आगामी ४ वर्षका लागि एक जना महिला सहित संस्थापक समुहबाट २ जना र सर्वसाधारण समुहबाट ३ जना सहित ५ सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

कम्पनीले गएको आर्थिक वर्षमा लेखापरीक्षण प्रतिवेदन अनुसार ७० करोड ५० लाख रुपैयाँ मुनाफा बर्जन गरेको छ । विद्यमान चुक्ता पूँजी अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ छ । चुक्ता पूँजी २ अर्ब एक करोड रहेको कम्पनीको विशेष जगेडा कोषमा एक अर्ब ७५ करोड रहेको छ । त्यस्तै प्राकृतिक विपद कोषमा एक अर्ब ११ करोड, रिटेन अर्निङमा २७ करोड ६१ लाख र अन्य पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । बीमा कम्पनीहरुले मुनाफालाई मनलाग्दी लाभांशको रुपमा वितरण गर्न पाउदैनन् । अर्बौ रुपैयाँको जोखिम तथा दायित्व बोकेर बसेका बीमा कम्पनीहरुलाई नियामकले सकेसम्म कडाइ गर्ने गरेको छ । 

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड निर्धारण गरेको छ । पछिल्लो समय बीमा कम्पनीहरुलाई कोर पूँजीमा जगेडा कोषमा भएको रकमलाई पनि जोड्न पाउने व्यवस्था गरिदिएका कारण जगेडा कोष बलियो भएका कम्पनीहरुले न्युनतम चुक्ता पूँजीका लागि धेरै जोडबल गर्नु नपर्ने भएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ २ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस मसान्तसम्म कायम शेयरधनीले मात्रै सधारणसभामा भाग लिन पाउने छन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया