Nepal Life

जीवन बीमा कम्पनीले ५ महिनामै संकलन गरे ६१ अर्ब ६४ करोड बीमा शुल्क, नेपाल लाइफको सर्वाधिक धेरै (हेर्नुहोस् कसको हिस्सा कति)

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 06:05
जीवन बीमा कम्पनीले ५ महिनामै संकलन गरे ६१ अर्ब ६४ करोड बीमा शुल्क, नेपाल लाइफको सर्वाधिक धेरै (हेर्नुहोस् कसको हिस्सा कति)
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले ५ महिनामै ६१ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको ५ महिनामा जीवन बीमा कम्पनीहरुको जीवन बीमा शुल्क आर्जन ३.७५ प्रतिशतले बढेको छ ।

NIMB

गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ५९ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा मर्जरमा गएका कम्पनीहरुमा विस्तारै सुधार हुन थालेको छ । मर्जरले समस्यामा परेका कम्पनीहरुले विस्तारै समाधानको बाटो खोले सँगै व्यवसाय बृद्धिदर बढ्न थालेको हो ।

समिक्षा अवधिमा सर्वाधिक धेरै बीमा शुल्क आर्जन नेपाल लाइफको १६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कम्पनीले यस वर्ष ७.२४ प्रतिशतले ब्यवसाय बृद्धि गर्दै बजार हिस्सा पनि २६.२५ प्रतिशतबाट बढाएर २७.१४ प्रतिशत पुर्याएको छ ।

दोस्रो धेरै बीमा शुल्क आर्जन नेशलन लाइफको रहेको छ । नेशनल लाइफले ९.५४ प्रतिशतले बढाउदै ७ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पनि यस पटक बजार हिस्सा बढाएर ११.६० प्रतिशत पुर्याएको छ । तेस्रो नम्बरमा रहेको एनआइसी नेपालको भने १.४९ प्रतिशतले घटेर ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । कम्पनीको बजार हिस्सा पनि ११.२१ प्रतिशत सहित तेस्रो स्थानमै रहेको छ ।

यस पटक हिमालयन लाइफ केहि आक्रामक देखिएको छ । कम्पनीले समिक्षा अवधिमा १३.३४ प्रतिशतले बजार विस्तार गर्दै  ६ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साविक तीन वटै कम्पनीको बीमा शुल्कलाई जोडेर तुलना गर्दा पनि बृद्धिदर १३.३४ प्रतिशत देखिएको हो ।

त्यस्तै राष्ट्रिय बीमा कम्पनीको भने १८ प्रतिशतले घटेको छ । सरकारले फिक्स गरिएको व्यवसायमै निर्भर रहेन कम्पनीको व्यवसाय साउन र भदौमा सर्वाधिक धेरै देखिने गरेको छ । त्यस पछिका महिनामा भने खासै बढ्ने गरेको छैन । कम्पनीले ४ अर्ब ५२ करोड बीमा शुल्क आर्जन गरेको छ ।

सूर्यज्योति लाइफको गएक महिनामा व्यवसायको बृद्धिदर खस्किदै आएकोमा यस महिनादेखि भने बृद्धिदर सुधार हुने देखिएको छ । कम्पनीले समिक्षा अवधिमा तीन अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेको छ । एशियन लइफले पनि तीन अर्ब २ करोड बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले २ अर्ब २३ करोड, मेट लाइफले २ अर्ब १९ करोड रहेको छ । त्यस्तै व्यवसायको बृद्धिदरका हिसावले प्रभु महालक्ष्मी लाइफको सर्वाधिक धेरै १५.९३ प्रतिशत छ । कम्पनीले १५.९३ प्रतिशतले बढाउदै एक अर्ब ६७ करोड आर्जन गरेको छ । आइएमई लाइफ पनि बृद्धिदरमा आक्रामक देखिएको छ । कम्पनीले ११ प्रतिशतले बढाउदै एक अर्ब ६३ करोड आर्जन गरेको छ । रालयबल नेपालको एक अर्ब ५३ करोड रहेको छ भने सन नेपालको एक अर्ब ४४ करोड छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया