Nepal Life

बीमा शुल्क आर्जनमा प्रभु महालक्ष्मीको बृद्धिदर सर्वाधिक धेरै, इन्ड्रस्ट्रि ग्रोथ ३.७५ % हुँदा प्रभुको १५.९३ %  

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 06:31
बीमा शुल्क आर्जनमा प्रभु महालक्ष्मीको बृद्धिदर सर्वाधिक धेरै, इन्ड्रस्ट्रि ग्रोथ ३.७५ % हुँदा प्रभुको १५.९३ %  
Sanima Reliance

काठमाडौं । मर्जर पछि पनि सबैभन्दा कान्छो कम्पनी बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा शुल्क आर्जनको बृद्धिदरमा सबैभन्दा अगाडी देखिएको छ । जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जनको बृद्धिदर ३.७५ प्रतिशत हुँदा प्रभु महालक्ष्मी लाइफको भने १५.९३ प्रतिशत रहेको छ ।

NIMB

साविक प्रभु लाइफ र महालक्ष्मी लाइफको गएको मंसिर महिनाको छुट्टा छुट्टै बीमा शुल्क आर्जनलाई जोडेर यस वर्षको मंसिर महिनासम्मको व्यवसाय सँग तुलना गर्दा १५.९३ प्रतिशतले बृद्धि भएको देखिन्छ । दुई कम्पनीले गएको असार मसान्तमा मर्जर सम्पन्न गरी एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।

कम्पनीले मंसिर महिनासम्ममा एक अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा दुई कम्पनीले एक अर्ब ४४ करोड आर्जन गरेका थिए । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा कम्पनीले ३३ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने एक अर्ब ३४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

मंसिर एक महिनामा मात्रै हेर्ने हो भने कम्पनीले ६ करोड ७३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन र २३ करोड ४८ लाख नविकरण बीमा शुल्क आर्जन गरेको छ । यसरी मंसिर महिनामा मात्रै कुल बीमा शुल्क आर्जन ३० करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीले पुर्ण रुपमा अण्डराइटिङ गरेर वास्तविक बीमा शुल्क आर्जनलाई मात्रै प्रोत्साहित गर्दै आइरहेको छ । व्यवसाय धेरै देखाउन अभिकर्ताहरुलाई अनवाश्यक रुपमा प्रोत्साहित नगरी नियम अनुसार दिनु पर्ने कमिशन तथा इन्सेन्टिभ उपलब्ध गराएर बीमा शुल्क आर्जन गर्दै आइरहेको छ ।

प्रभु महालक्ष्मी पछि दोस्रो धेरै बृद्धिदर हिमालयन लाइफको छ । हिमालयन लाइफले १३.३४ प्रतिशतले ब्यवसाय बढाएको छ । तेस्रो बृद्धिदर आइएमई लाइफको ११.१८ प्रतिशत छ । चौथो बृद्धिदर नेशनल लाइफको ९.५४ प्रतिशत छ भने नेपाल लाइफको ११.१८ प्रतिशत छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया