Nepal Life

सात महिना पछि हिमालयन लाइफले पायो मर्जरको सिनर्जी, व्यवसाय सँगै बजार हिस्सामा उल्लेख्य सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 06:53
सात महिना पछि हिमालयन लाइफले पायो मर्जरको सिनर्जी, व्यवसाय सँगै बजार हिस्सामा उल्लेख्य सुधार
Sanima Reliance

काठमाडौं । मर्जर भएको ७ महिना पछि बल्ल हिमलायन लाइफले सिनर्जी पाउन थालेको छ । मर्जर पछि लामो समय आन्तरिक समस्या सल्टाउन अल्झिएको हिमलायन लाइफले कर्मचारी तथा एजेन्सी व्यवस्थापन गरेर आक्रामक बजार विस्तार सुरु गरेको छ ।

NIMB

चालु आर्थिक वर्षको ५ महिनामा जीवन बीमा कम्पनीहरुको इन्ड्रस्ट्रि ग्रोथ ३.७५ प्रतिशत रहेको छ । तर कम्पनी एक्लैको बृद्धिदर १३.३४ प्रतिशत रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको ५ महिनामा ६ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा साविक गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफले संयुक्त रुपमा ५अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गएका महिनामा साविक कम्पनीहरुको जति पनि बीमा शुल्क आर्जन गर्न सकिरहेको थिएन ।

मंसिर एक महिनामै हिमालयन लाइफले १८ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन र एक अर्ब २४ करोड नविकरण बीमा शुल्क सहित एक अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै मंसिर महिनासम्ममा कम्पनीले ८१ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ५ अर्ब ९८ करोड रुपैयाँ नविकरण सहित कुल ६ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रथम सँग सँगै नविकरण बीमा शुल्क आर्जनमा बढि जोड दिएको छ । साविक कम्पनीहरुका ग्राहकहरुलाई सम्पर्क गर्ने, ल्याप्सेस पोलिसीमा व्याज छुट दिने लगायतका स्किम नै ल्याएर बीमितलाई आकर्षित गरिरहेको छ । कम्पनीले पछिल्लो समय एजेन्सी फोर्सलाई पनि सक्रिय बनाउदै लगेको छ ।

साविक तीन वटा कम्पनी एक आपसरमा मर्जर भएर गएको बैशाख २६ गतेदेखि हिमालयन लाइफको नामबाट एकिकृत कारोबार गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया