Nepal Life

एनएमबी बैंकको ५ सञ्चालक सर्वसम्मत निर्वाचित, मनोकुमार गोयल र हरिश्चन्द्र सुवेदी भित्रिए

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 08:28
एनएमबी बैंकको ५ सञ्चालक सर्वसम्मत निर्वाचित, मनोकुमार गोयल र हरिश्चन्द्र सुवेदी भित्रिए
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकको सञ्चालक समितिको निर्वाचनबाट ५ सञ्चालक सर्वसम्मत निर्वाचित भएका छन् । संस्थापक समुह तर्फबाट जीवन कुमार कट्वाल र मनोकुमार गोयल निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समुहको तर्फबाट पनि उत्तम भ्लोल, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी सर्वसम्मत निर्वाचित भएका हुन् ।

NIMB

कट्वाल कर्मचारी संचयकोषबाट प्रतिनिध्व गर्दै सञ्चालक बनेका हुन् । कमलपोखरी एकका मनोज कुमार योयल संस्थापक समुहको तर्फबाट नयाँ सञ्चालकको रुपमा भित्रिएका छन् ।

सर्वसाधारण समुहको तर्फबाट तीन जनाका लागि भएको निर्वाचतमा ५ जनाले उम्मेद्धारी दिएका थिए । सुरुमा उम्मेद्धारी दिएका कृष्णप्रसाद पाठक र रमेशप्रसाद लोहनीले पछाडी हट्ने सहमति गरेपछि मतदान प्रकृयाँमा जानु परेन । मार्खु एक मकवानपुरका भ्लोन यस भन्दा अगाडी पनि बैंकको सञ्चालकमा छन् । त्यस्तै थापाथलीका शिरिष कुमार मुरारका पनि यस अगाडी नै सञ्चालक छन् । यस पटक सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सुवेदी भित्रिएका हुन् ।

निर्वाचित सञ्चालकको निर्वाचन आगामी पुस २६ गते आह्वान गरिएको २८ औं वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ । बैंकले २८ औं वार्षिक साधारणसभामा गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरु पारित गर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया