Nepal Life

हिमालयन रिइन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 15:24
हिमालयन रिइन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भएको छ । सूचिकृत भए सँगै कम्पनीलाई कारोबारका लागि HRL सिम्बोल प्रदान गरिएको छ ।

 

NIMB

नेपाल स्टक एक्सचेन्ज र हिमालयन रिइन्स्योरेन्स कम्पनी विचमा गएको पुस २० गते कारोबारका लागि सम्झौता भएको थियो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरेको ३ करोड कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ७ करोड कित्ता समेत गरि १० करोड कित्ता साधारण शेयर सूचिकरण विनियमावली २०७५ बमोजिम सूचिकृत भएको हो ।  

एनएमबी क्यापिटलले कम्पनीको प्राथमिक शेयर सर्वसाधारणका लागि बिक्रीका लागि आह्वान गरेको थियो । कम्पनीको शेयर कारोबार भने भोलिबाट मात्रै सुरु हुनेछ । ओपनिङ सेसनमा न्युनतम र अधिकतम रेञ्ज प्रदान गरिनेछ । जुन मूल्यमा पहिलो कारोबार हुन्छ त्यहि मूल्य ओपनिङ प्राइस हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३.७ रुपैयाँदेखि अधिकतम ३०९.२१ रुपैयाँको रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १०६ रुपैयाँ प्रिमियम सहित २०६ रुपैयाँको दरले प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले प्राथमिक शेयरमा प्रिमियम कायम गरेको भन्दै अदालतमा मुद्दा परेको छ । अदालतमा मुद्दा परे पनि कम्पनीले दोस्रो बजारमा कारोबार गर्ने भएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया