Nepal Life

बीमा प्राधिकरणले गर्यो लगानी निर्देेशिका संशोधन, इन्भेष्टमेन्ट कम्पनीमा पूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 17:50
बीमा प्राधिकरणले गर्यो लगानी निर्देेशिका संशोधन, इन्भेष्टमेन्ट कम्पनीमा पूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने
Sanima Reliance

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुको लगानी निर्देशन संशोधन गर्दै इन्भेष्टमेन्ट कम्पनीको शेयरमा चुक्ता पूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने बाटो खुला गरिदिएको छ । यस भन्दा अगाडी बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा चुक्ता पूँजीको ५ प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।

NIMB

बीमा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरेको हो । पब्लिक कम्पनीको शेयरको साथै बीमा कम्पनीले अब प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा पनि लगानी गर्न पाउने भएको छ। नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु जीवन, लघु निर्जीवन र पुनर्बीमा कम्पनीले प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने गरी लगानी निर्देशिका संशोधन गरेको हो ।

प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, लघु जीवन बीमकको लगानी (पहिलो संशोधन), लघु निर्जीवन बीमकको लगानी (पहिलो संशोधन र २०८० पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न सक्ने सक्ने प्राधिकरणको निर्देशनमा उल्लेख छ । कम्पनीले कुल लगानीको बढीमा १.५ प्रतिशतसम्म यस्ता प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने छन् भने एकै फण्डमा बढीमा १ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। प्राधिकरणको सञ्चालक समितिले पुस ५ गते लगानी निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया