Nepal Life

मुक्तिनाथ विकास बैंकका सिइओ पोखरेलको वार्षिक तलब सुविधा एक करोड ३० लाख, यस्ता छन् बैंकले हासिल गरेका उपलब्धी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 07:29
मुक्तिनाथ विकास बैंकका सिइओ पोखरेलको वार्षिक तलब सुविधा एक करोड ३० लाख, यस्ता छन् बैंकले हासिल गरेका उपलब्धी
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको वार्षिक तलब सुविधा एक करोड ३० लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा उनलाई तलब तथा भत्ता बापत ९५ लाख रुपैयाँ उपलब्ध गराएको छ । सञ्चयकोषमा ६ लाख रुपैयाँ जम्मा गरिदिएको बैंकले विदा तथा उपदान बापत ३ लाख ७५ हजार प्रदान गरेको छ । नियम अनुसार पोखरेलले २६ लाख १४ हजार रुपैयाँ बोनस प्राप्त गरेका छन् ।

 

NIMB

यस बाहेक उनलाई सवारी चालक, ईन्धन, सर्भिसिङ, मर्मत खर्च सहित एउटा गाडी उपलब्ध गराइएको छ । यसका अलावा आवास कर्जा ५९ लाख २४ हजार र २५ लाख रुपैयाँको दुर्घटना बीमा, ५ लाख रुपैयाँ बराबरको औषधोपचार बीमाको सुविधा प्रदान गरिएको छ ।

त्यसै गरी मोबाइल तथा टेलिफोन खर्च वास्तविक बिल अनुसार प्रदान गरिएको बैंकले जनाएको छ । दैनिक तथा भ्रमण भत्ता बापत स्वेदशमा प्रति दिन ३५०० रुपैयाँ, सार्क राष्ट्रहरुमा प्रतिदिन १०० अमेरिकी डलर र अन्य राष्ट्रहरुमा प्रतिदिन १५० अमेरिकी डलर प्रदान गरिने व्यवस्था रहेको छ । यसका साथै होटल, खाना र यातायात बापतको वास्तविक खर्च अनुसारको रकम भुक्तानी गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकलाई सर्वाधिक ठुलो विकास बैंक बनाउन ठुलो भुमिका निर्वाह गरेका पोखरेले २०७५ जेठ एक गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । पहिलो कार्यकाल सफलतापुर्वक पुरा गरेसँगै उनलाई बैंकको सञ्चालक समितिले २०७९ जेठ एक गतेदेखि पुनः दोस्रो कार्यकालयका लागि नियुक्त गरेको थियो ।

विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव बटुलिसेकाका पोखरेलले बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर सुरु गरेका उनले करिब १९ वर्ष नबिल बैकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत रहेका थिए । प्रमुख कार्यकारी अधिकृत हुनु भन्दा पहिला उनि मुक्तिनाथ बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

पोखरेल आए सँगै एउटा बैंकलाई प्राप्ति गरेको बैंकले हरेक सूचकमा उल्लेख्य उपलब्धी हासिल गरेको छ । यस अवधिमा सन् २०२० मा बैंकले युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० जितेको छ । २०२१ मा विकास बैंकहरु मध्ये सबैभन्दा पहिलो पटक एक अर्ब नाफा गरेको मुक्तनाथले गएको आर्थिक वर्षमा एक अर्ब २५ करोड मुनाफा आर्जन गरेको छ ।

बैंकले सन् २०२२ मा निक्षेप संकलन एक खर्ब पुर्याउन सफल भएको थियो । हाल बैंक सँग एक खर्ब १५ अर्ब भन्दा धेरै रहेको छ । बैंकले १७८ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ । सिइओ पोखरेल आए सँगै बैंकका हरेक वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको छ । हेर्नुहोस् वित्तीय सूचकमा देखिएका उपलब्धीहरु

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया