Nepal Life

हिमालयन रि सहित १५ कम्पनीको शेयरमा उछाल आउदा ३६.५७ अंकको सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 15:15
हिमालयन रि सहित १५ कम्पनीको शेयरमा उछाल आउदा ३६.५७ अंकको सुधार
Sanima Reliance

काठमाडौं । हिमालयन रि सहित १५ वटा कम्पनीको शेयर मूल्यमा उछाल आउदा नेप्से सूचक ३६.५७ अंकले बढेको छ । आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको रि इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० अर्ब चुक्ता पूँजी भएको हिमालयन रिको शेयर ३०९.२० रुपैयाँमा कारोबार सूरु भएको थियो । आजै ३०.९० रुपैयाँले बढेको कम्पनीको शेयर मूल्य ३४०.१० रुपैयाँ पुगेको छ । यसले पनि शेयर बजारलाई सुधार गर्न मद्दत पुर्याएको छ ।

NIMB

आज नेप्से सूचक ३६.५७ अंकले बढेर २०५९.४९ रुपैयाँ पुगेको छ । आज २१२ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सूचकमा उल्लेख्य सुधार हुँदा पनि कारोबार रकम भने ४ अर्ब ६७ करोडको भएको छ ।

लगानीकर्ताहरुले व्याज र किस्ताका लागि पैसा जोहो गर्ने अवसर अझै बाँकी रहेको हुँदा केहि लगानीकर्ताले राम्रो मूल्य प्राप्त गरेका छन् । विगत तीन हप्तादेखि शेयर बजारमा लगातार गिरावट आइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया