Nepal Life

बैंकिङ प्रणालीमा अत्याधिक तरलता, सिडी रेसियो हालसम्मकै तल्लो विन्दुमा झर्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 23:03
बैंकिङ प्रणालीमा अत्याधिक तरलता, सिडी रेसियो हालसम्मकै तल्लो विन्दुमा झर्यो
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिदा सिडी रेसियो पुनः ८० प्रतिशत भन्दा तल झरेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले ६० खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ३३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरु सँग १० खर्ब भन्दा बढि तरलता छ । नियम अनुसार बैंकहरुले ९० प्रतिशतसम्मको सिडि रेसियोमा कर्जा लगानी गर्न पाउछन् । 

NIMB

केन्द्रीय बैंकले सहज कर्जा जाने क्षेत्र रियल स्टेट तथा मार्जिन कर्जामा नियन्त्रणात्मक कदम चाल्दै जोखिम भारित पनि बढाएको छ । त्यसैगरी ओभरड्राफ्ट कर्जामा पनि कडाइ गरिएको छ । त्यसका साथै चालु पुँजी कर्जामा पनि कर्डाइ गर्दै पुराना चुक्ता नभएसम्म नयाँ लिन नपाउने तथा व्यवसायको नगद प्रवाहका अधारमा मात्र कर्जा पाइने सीमा तोक्यो । त्यसले गर्दा पुराना ऋणीलाई नयाँ कर्जा थप गर्न भन्दा पनि पुरानै भुक्तानी गर्नुपर्ने दबाब बढेपछि कर्जा प्रवाह बढ्न सकेन ।

साथै बैंकहरुको प्राथमिक पुँजी कोष अनुपात कसिलो भएकाले समेत कर्जा विस्तार प्रभावित भएको हो । वित्तीय प्रणालीमा निक्षेप थपिने क्रम भने बढी नै रह्यो । बैंक तथा वित्तीय संस्थाले निक्षेप थपिएको अनुपातमा कर्जा लगानी विस्तार गर्न नसकेपछि अधिक तरलताको समस्या देखियो । त्यसले वित्तीय क्षेत्रको अल्पकालिन ब्याजदरलाई एक प्रतिशतको हाराहारीमा झर्यो भने कर्जा तथा निक्षेपको ब्याजदर पनि घट्न थाल्यो । ब्याजदर घट्दा समेत कर्जाको माग बढ्न नसकेपछि बैंकहरुमा कर्जा लगानी योग्य रकम थुप्रिन पुगेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया