Nepal Life

आइजिआइ प्रेडेन्सियलले असार अगाडीका दाबीलाई तत्काल फछ्यौट गर्ने, आवश्यक कागजात जुटाउन आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 07:27
आइजिआइ प्रेडेन्सियलले असार अगाडीका दाबीलाई तत्काल फछ्यौट गर्ने, आवश्यक कागजात जुटाउन आह्वान
Sanima Reliance

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले २०८० असार मसान्तसम्ममा क्षति भइ आवश्यक कागजात पेश नगरेका बीमितलाई ३५ दिन भित्रमा कम्पनीको कार्यकालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । कम्पनीले पुराना बाँकी दाबीलाई फछ्यौट गर्ने योजना सहित यस्तो सूचना जारी गरेको हो ।

NIMB

असार मसान्तसम्ममा क्षति भएका तथा क्षति पश्चात दाबी भुक्तानीका लागि निवेदन परेको तर बीमितले पुन सम्पर्क नै नगर्दा धेरै फाइलहरु पेण्डिङ रहेको कम्पनीले जनाएको छ । कम्पनीले यो सूचना जारी गरेको ३५ दिन भित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी भुक्तानी प्रकृया अगाडी बढाउन कम्पनीले अनुरोध गरेको छ ।

यदि तोकिएको समयभित्र आवश्यक कागजात सहित सम्पर्कमा नआएमा बीमा दाबीका फाईलहरु उपरोक्त समय सिमा पश्चात बन्द गरिने समेत कम्पनीले जनाएको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया