Nepal Life

विशाल ग्रुपले नेपाल पुनर्बीमाको १५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै, न्युनतम ३२५ रुपैयाँदेखि बोलकबोल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 07:40
विशाल ग्रुपले नेपाल पुनर्बीमाको १५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै, न्युनतम ३२५ रुपैयाँदेखि बोलकबोल
Sanima Reliance

काठमाडौं । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बोलकबोल मार्फत लिलामी गर्ने भएको छ । कम्पनीले बोलकबलका लागि प्रति कित्ता ३२५ रुपैयाँ निर्धारण गरेको छ । इच्छुक नेपाली लगानीकर्ताले उक्त मूल्य भन्दा माथि कायम रहने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।

NIMB

लगानीकर्ताले पुस २४ गतेदेखि माघ २० गतेसम्म बिक्री प्रवन्धक एन.आई.सी एशिया क्यापिटलको कार्यालय ट्रेड टावर थापाथलीमा निवेदन पेश गर्न सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ३२५ रुपैयाँ भन्दा तलको दरमा बोलकबोल गर्न नपाइने कम्पनीले जनाएको छ । पहिलो चरणमा कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्रै सहभागी गराउनेछ । यदि विद्यमान संस्थापक लगानीकर्ताले खरिद गर्न नचाहेमा मात्रै अन्य लगानीकर्तालाई बिक्री गर्ने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया