Nepal Life

एनआइसी एशियाले थप घटायो व्याजदर, मुद्दती निक्षेपको दर ८.०६५ %, वेस रेट पनि घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 07:12
एनआइसी एशियाले थप घटायो व्याजदर, मुद्दती निक्षेपको दर ८.०६५ %, वेस रेट पनि घट्यो
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंकले निक्षेपको व्याजदर थप घटाएको छ । बैंकले पुस महिनाको भन्दा माघ महिनामा अझै घटाएको हो । बैंकले एक वर्ष अवधिको मुद्दती निक्षेपमा अधिकतम ८.०६५ प्रतिशत र संस्थागत तर्फ ६.०६५ प्रतिशत मात्रै दिने भएको छ । 

NIMB

कुनै समयमा आक्रामक रुपमा व्याजदर बढाएको भन्दै एनआइसी एशियालाई अन्य बैंकहरुले रोक्न धेरै कसरत गर्नु परेको थियो । तर अहिले व्याजदर घटाउने मामिलामा पनि सबैभन्दा अगाडी देखिएको छ । बैंकिङ क्षेत्रमा बढ्दो तरलता सँगै बैंकले सम्पुर्ण निक्षेपको व्याजदर घटाएको छ । 

बैंकले तीनदेखि ६ महिना अवधिको मुद्दती निक्षेपको लागि ६.२५ प्रतिशत, ६ देखि ९ महिना अवधिको ६.७५० प्रतिशत, ९ देखि १२ महिना अवधिको ७ प्रतिशत, एक वर्ष अविधको ७.२५ प्रतिशत, १२ महिनादेखि १८ महिना अवधिको ७.५ प्रतिशत, १८ महिनादेखि २४ महिना अवधिको ७.७५० प्रतिशत र २४ महिनादेखि १८० महिना अवधिको ८.०६५ प्रतिशत मात्रै रहेको छ । यसमा संस्थागत निक्षेपको व्याजदर थप २ प्रतिशतले तल हुनेछ ।

बैंकको आधार व्याजदर पनि १०.७० प्रतिशतबाट १०.३९ प्रतिशतमा झरेको छ । बैंकले कर्जाको व्याजदर पनि घटाएको छ । आधार व्याजदरमा आइरहेको गिरावटले व्याजदरमा पनि गिरावट भइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया