Nepal Life

प्रिमियममा आइपिओ निष्काशन गरेको रिलायबलको बम्पर लाभांश घोषणा, पुरानै जगेडाबाट ६४ करोडको बोनस शेयर दिदै

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 09:57
प्रिमियममा आइपिओ निष्काशन गरेको रिलायबलको बम्पर लाभांश घोषणा, पुरानै जगेडाबाट ६४ करोडको बोनस शेयर दिदै
Sanima Reliance

काठमाडौं । प्रिमियममा प्राथमिक शेयर निष्काशन गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  

NIMB

कम्पनीले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पछि मात्रै कम्पनीले साधारणसभा आह्वान गर्न सक्नेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै बल्ल शेयरधनीले पाउने छन् । 

कम्पनीले गत साउनमा सर्वसाधारण लगानीकर्ताका लागि प्रति कित्ता २५७ रुपैयाँका दरले प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले प्राथमिक बजारबाट संकलन गरेको प्रिमियमलाई जगेडा कोषमै राखेर पुरानो जगेडाबाट लाभांश दिन सफल भएको हो । रिलायबलको जगेडा कोष सुरुवाति वर्षदेखि नै बलियो थियो । 

कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित ६४ करोड बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन कम्पनीलाई अव ३६ करोड मात्रै आवश्यक पर्नेछ । यो रकम आगामी वर्षको लाभांशबाट जुटाउन सक्ने छन् । यस वर्ष प्राधिकरणले शेयर प्रिमियमबाट आर्जन भएको रकमलाई बोनसको रुपमा वितरण नगर्न निर्देशन दिएको छ । साथै यो रकम पूँजीको रुपमा गणना गर्न पाउने समेत व्यवस्था गरेको हुँदा अव कम्पनीलाई पूँजीकोषका लागि कुनै पनि दवाव पर्ने छैन । 

64 464  
  500 36

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया