Nepal Life

हिमालयन एभरेष्टको १५ प्रतिशत लाभांश घोषणा, बोनस सहित नगद पनि पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 10:38
हिमालयन एभरेष्टको १५ प्रतिशत लाभांश घोषणा, बोनस सहित नगद पनि पाउने
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्जर पछि आकर्षक लाभांश घोषणा गरेको छ । कम्पनीले मर्जर पछि २.७५ प्रतिशत मात्रै बोनस शेयर दिएकोमा यस वर्ष ६.३७ प्रतिशत नगद सहित ८.६३ प्रतिशत बोनस शेयर पनि दिएको छ । नगद र बोनस सहित कुल १५ प्रतिशत लाभांश दिएको हो । 

NIMB

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर १९ करोड ८६ लाख २२ हजार रुपैयाँ बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको साढे दुई अर्ब पुर्याएको हो । यसरी न्युनतम पूँजी जुटाएर कम्पनीले शेयरधनीलाई नगद लाभांश पनि दिने भएको हो । 

कम्पनीको पुस २५ गते विहान बसेको सञ्चालक समितिले उक्त लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया