Nepal Life

भदौ २६ गतेबाट ‘नाडा अटो शो २०२३’ हुँदै

NMB Bank
  • BFIS News
  • 2023 Jul 18 21:49
भदौ २६ गतेबाट ‘नाडा अटो शो २०२३’ हुँदै
National Life

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्ने ‘नाडा अटो शो’को २०२३ को संस्करण भदौ २६ गतेदेखि आयोजना हुने भएको छ ।

Shikhar
NIMB

भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा अटो शोको आयोजना हुने भएको हो । नाडा अटोमोवाइल्सकाअनुसार प्रदर्शनीका लागि बुकिङ पनि खुल्ला गरिएको छ ।

नाडा अटो शो २०२३ मा विद्युतिय लगायतका चार पाँगे्र, तीन पाँग्रे तथा दुई पाँगे्र सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरटयूव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु समेत राखिने छन् ।

त्यसैगरी, सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक शुरक्षा र वातावरणसंग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने छ । झण्डै चार बर्षपछी हुन लागेको यस बृहत प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अर्ब भन्दा बढीको कारोबार हुने अपेक्षा समेत राखिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया