Nepal Life

लक्ष्मी सनराइज बैंकका सिइओ अजय बिक्रम शाहको वार्षिक तलब सुविधा एक करोड ७२ लाख, सफल बैंकरको रुपमा स्थापित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 07:27
लक्ष्मी सनराइज बैंकका सिइओ अजय बिक्रम शाहको वार्षिक तलब सुविधा एक करोड ७२ लाख, सफल बैंकरको रुपमा स्थापित
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाहको वार्षिक तलब सुविधा एक करोड ७२ लाख रुपैयाँ रहेको छ । बैंकले शाहलाई गत आर्थिक वर्ष २०७९/८० मा तलब तथा भत्ता बापत एक करोड ४५ लाख रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै कर्मचारी बोनस सहित अन्य सुविधा बापत २७ लाख ५२ हजार रुपैयाँ प्रदान गरेको छ ।

NIMB

मर्जर अगाडी साविक लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत शाहलाई मर्जर पछि पनि निरन्तरता दिएको हो ।  बैंकको उच्च व्यवस्थापत तहमा रहेका कर्मचारीहरुलाई तलब भत्ता बापत ८ करोड २६ लाख र अन्य सुविधाहरु बापत एक करोड ५६ लाख रुपैयाँ उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रमा तीन दशक अनुभव हासिल गरिसकेका शाह २ दशकदेखि लक्ष्मी सनराइज बैंकमा कार्यरत छन् । बैंकले शाहलाई २०७५ कात्तिकमा प्रमुख कार्यकारी अधिकृत बनाएको थियो । लक्ष्मी बैंकको आफ्नै उत्पादन शाहलाई सञ्चालक समितिले २०७९ साउनमा दोस्रो कार्यकालका लागि निरन्तता दिने निर्णय गरेको थियो ।

पोष्ट मर्जरलाई सहजै व्यवस्थापन गर्न सफल शाहको नेतृत्वमा कोभिड लगायत कठिन समयमा पनि बैंकले छुट्टै उचाइ र पहिचान बनाएको छ । बैंकिङ क्षेत्रमा शाहलाई बौद्धिक बैंकरका रुपमा पनि हेरिन्छ । स्यान्डर्ड चार्टर्ड बैंकबाट शाहले करियरको सुरुवात गरेका हुन् । उनले त्यहाँ १० वर्ष काम गरेका थिए । उनि लक्ष्मी सनराइज बैंकमा उनी २० वर्षदेखि कार्यरत छन्, त्यसमध्ये एक कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएर चलाइसकेका छन् । 

आज मर्जर पछि बैंकको पहिलो वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले यस वर्ष शेयरधनीहरुका लागि ७ प्रतिशत बोनस शेयर वितरण गर्दैछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया