Nepal Life

नेपाल राष्ट्र बैंकले ७ दिनका लागि बजारबाट २० अर्ब निक्षेप खिच्दै

NMB Bank
  • BFIS News
  • 2024 Jan 11 14:33
नेपाल राष्ट्र बैंकले ७ दिनका लागि बजारबाट २० अर्ब निक्षेप खिच्दै
National Life

काठमाडौं। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ खिच्ने भएको हो।

Shikhar
NIMB

इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्दै माघ ४ मा यसको साँवा र ब्याज भुक्तानी हुने बताएको छ। 

निक्षेपको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।

बैंकिङ प्रणालीमा लगातार निक्षेप थुप्रिदै गए पछि राष्ट्र बैंकले नियमित रुपमा बजारबाट पैसा तानिरहेको छ । कर्जा प्रवाह हुन नसक्दा सिडी रेसियो ९० प्रतिशत भन्दा तल झरेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया