Nepal Life

सिबिफिनका अध्यक्ष पवन गोल्यानले पदबाट दिए राजीनामा, नविल बैंकका उपेन्द्र पौडेल बने अध्यक्ष

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 17:14
सिबिफिनका अध्यक्ष पवन गोल्यानले पदबाट दिए राजीनामा, नविल बैंकका उपेन्द्र पौडेल बने अध्यक्ष
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजिनामा दिए सँगै नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल अध्यक्षमा निर्वाचित भएका छन् । एनएमबी बैंकको सञ्चालकबाट बाहिरिए सँगै उनले सिविफिनको अध्यक्षपदबाट पनि राजिनामा दिएका हुन् । 

NIMB

गोल्यानकै अगुवाईमा २०७६ सालमा स्थापित सिबिफिनको स्थापना भएको थियो । संस्थापक अध्यक्ष गोल्यानले तदर्थ समितिको गठनदेखि नै संस्थालाई उचाइमा पुर्याउन ठुलो भुमिका निर्वाह गरेका छन् । 

नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील रहदै आएका गोल्यानको नेपालको बैंकिङ क्षेत्रको विकास एवं विस्तारमा समेत अतुलनीय योगदान पुर्याएका छन् । 

गोल्यानको रिक्तता तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील पौडेलले पुरा गर्दै छैन् । पोडेल पनि एएमबी बैंककै पुर्व सिइओ हुन् । यसले गर्दा पनि गोल्यानको रोजाइमा पौडेल पर्न सफल भएका हुन् । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको सिइओको पश्चात नविल बैंकको सञ्चालक समितिलाई नेतृत्व गर्दै आइरहेका छन् । 

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गर्नुभएका अध्यक्ष पौडेल आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको दिगो विकासमा काम गर्ने विश्वभर रहेका बैंक तथा बैंकिङ संस्थाको स्वतन्त्र सञ्जाल Global Alloance for Banking on Values (GABV) को सन् २०१८ देखि एसिया प्यासिफिक क्षेत्रीय प्रतिनिधिको जिम्मेवारमा समेत छन् । सन् २०१४ देखि नोभेम्बर २०१६ सम्म नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष रहेका पौडेल सन् २०२२ देखि Management Association of Nepal (MAN) को समेत अध्यक्ष छन् । त्यसैगरी अध्यक्ष पौडेलले डिसेम्बर २०१० देखि मार्च २०१७ सम्म European Economic Chamber of Commerce (EEC) को कोषाध्यक्ष तथा जुलाई २०१५ देखि अगस्ट २०१९ सम्म नेपाल बैंकिङ इन्टिच्युटको बोर्ड सदस्यको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका थिए।

बैंकिङसहित राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विविध क्षेत्रमा उनले हासिल गरेका बृहत्तर ज्ञान, अनुभव तथा दुरदर्शी नेतृत्व क्षमताबाट सिबिफिनले नयाँ उचाइँ प्राप्त गर्नुका साथै आर्थिक एवं बैंकिङ क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरुको न्यूनिकरण र समग्र अर्थतन्त्रको सबलीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया