Nepal Life

लुम्बिनी विकास बैंकका सिइओ नरेश सिंह बोहराको वार्षिक तलब सुविधा एक करोड २० लाख

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 17:34
लुम्बिनी विकास बैंकका सिइओ नरेश सिंह बोहराको वार्षिक तलब सुविधा एक करोड २० लाख
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहोराको वार्षिक तलब सुविधा एक करोड २० लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा बोहरालाई पारिश्रमिक बापत ८० लाख, नियम अनुसार बोनस बापत २५ लाख एक हजार, संचयकोष बापत ५ लाख ८० हजार, दशै भत्ता ५ लाख, अन्य भत्ता ५ लाख सहित कुल एक करोड २० लाख ८१ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

NIMB

सिइओ बोहराले लुम्बिनी विकास बैंकमा दोस्रो कार्यकाल सम्हालिरहेका छन् । उनि २०७५ साउन २ गते लुम्बिनीको सिइओ बनेका थिए । पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न गरे सँगै बैंकले उनलाई २०७९ साउन २ गते दोस्रो कार्यकालको जिम्मेवारी दिएको हो । 

भारतबाट एमबिए गरेका बोहराले नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए ।  उनिले नेशनल नारायणी फाइनान्समा पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पुरा गर्नुका साथै सनराइज बैंकको डेपुटी सीइओको अनुभव समेत संगालि सकेका छन् । उनि सँग बैंकिङ क्षेत्रमा २५ वर्ष भन्दा लामो अनुभव भइसकेको छ ।

त्यस्तै बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतलाई तलब, भत्ता, बोनस लगायतको सेवा सुविधा सहित ५७ लाख ९२ हजार रुपैयाँ प्रदान गरेको छ । दुई नायव प्रमुख कार्यकारी अधिकृतले यस्तो तलब भत्ता तथा सेवा सुविधा बापत ८० लाख ४ हजार रुपैयाँ प्राप्त गरेका छन् । बैंकले आजै १६ औं वार्षिक साधारणसा सम्पन्न गरेको छ । बैंकले ४.५० प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश प्रदान गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया