Nepal Life

रेमिट्यान्स २७.६ प्रतिशतले बढ्यो, वैदेशिक रोजगारमा गएका नेपालीले ५ महिनामै पठाए ६ खर्ब १३ अर्ब

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 17:52
रेमिट्यान्स २७.६ प्रतिशतले बढ्यो, वैदेशिक रोजगारमा गएका नेपालीले ५ महिनामै पठाए ६ खर्ब १३ अर्ब
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीहरुले पठाउने विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको छ । नेपालीहरुले ६ खर्ब १३ अर्ब २५ करोड पुर्याएका छन् ।

NIMB

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १७३,५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १०४,०३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २३६,७७९ र ११५,९४८ रहेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई रु.६६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया