Nepal Life

एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 07:52
एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकको सञ्चालक समितिको अध्यक्षमा मनोज कुमार योयल चयन भएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा सम्पन्न भएको २८ औं वार्षिक साधारणसभाले ५ सञ्चालकको निर्वाचनलाई अनुमोदन गरेको थियो । 

NIMB

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका थिए । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । 

एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो । साथै, निर्वाचित सञ्चालकहरु समेतको सोही मितिमा बसेको बैठकले मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको हो । 

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । 

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया