Nepal Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारणसभा, माघ १३ गतेसम्म शेयर किन्नेले १५ प्रतिशत लाभांश पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 08:09
हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारणसभा, माघ १३ गतेसम्म शेयर किन्नेले १५ प्रतिशत लाभांश पाउने
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आगामी माघ १५ गते ३० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आह्वान गरेको साधारणसभाले यस भन्दा अगाडी सञ्चालक समितिले प्रस्ताव परेको ६.३७ प्रतिशत नगद लाभांश र ८.६३ प्रतिशत बोनस शेयर सहित कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।

NIMB

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण, अध्यक्षको प्रतिवेदन,  वासलात लगायतका विवरणहरु उपर छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ । प्रस्तावित बोनस शेयर पारित सँगै कम्पनीको प्रवन्धपत्र र नियमावली पनि संशोधन गर्नु पर्ने भएकाले यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । सभामा सञ्चालक समितिको बैठक भत्ता बढाउने प्रस्ताव पनि रहेको छ ।

साधारणसभा प्रयोजनका लागि आगामी माघ १४ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोज भन्दा अघिल्लो दिनसम्म शेयर किन्नेले वा कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया