Nepal Life

नव निर्वाचित अभिकर्ता संघले नेपाल लाइफमा राख्यो ७ बुँदे मागपत्र, बीमितको बोनसदर बढाउनु पर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 09:31
नव निर्वाचित अभिकर्ता संघले नेपाल लाइफमा राख्यो ७ बुँदे मागपत्र, बीमितको बोनसदर बढाउनु पर्ने
Sanima Reliance

काठमाडौं । नव निर्वाचित पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको कार्यसमितिले नेपाल लाइफमा बीमितहरुले पाउने बोनसदरलाई साविक भन्दा बृद्धि गर्ने लगायतका ७ बुँदे माग राखेको छ ।

NIMB

नव निर्वाचित समितिले २०८० साल पुस २५ गते बसेको बैठकबाट बीमित, अभिकर्ता र कम्पनीको हितमा उठेका विषयहरु माथि छलफल गरि कम्पनी समक्ष ७ बुँदे मागहरु पुरा गर्न गराउन निर्णय गरेको हो ।

कम्पनीले पहिलो मागका रुपमा बीमितहरुले पाउने बोनसदरलाई साविक भन्दा बृद्धि गरिदिन अनुरोध गरेको छ । त्यस्तै दोस्रो मागमा बीमितहरुको विषय परिस्थितिलाई मध्यनजर गरी किस्ता विलम्ब छुट सुविधा समयको दायरा नराखी माघ एक गतेदेखि लागु हुने गरी कम्पनीमा ५० प्रतिशत छुटको व्यवस्था गरिदिन माग राखिएको छ ।

एक किस्ता बुझाई छुटेका बीमालेखलाई बीमितको चाहना अनुसार कुनै पनि बीमा योजनामा परिवर्तन गर्न पाउने व्यवस्था यथासिघ्र मिलाउन समेत अनुरोध गरिएकोको संघका अध्यक्ष गणेश अधिकारीले जानकारी दिए । कम्पनीले विभिन्न किसिमका स्किमहरु ल्याउदा प्रत्येक बीमा योजनामा एम, बिसी मा गणना हुने प्रिमियम नै निशर्त रुपमा स्किममा समेत गणना गरिदिन समेत माग गरिएको छ । केटाकेटी बीमा योजना बजार सुहाउदो समय सापेक्षित ल्याउन समेत संघको अनुरोध छ । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समितिको सचिवालयका लागि सचिवालय कक्षको व्यवस्था गरिदिन समेत अनुरोध गरेको छ । नेपाल लाइफमा विभिन्न शाखा तथा उपशाखामा अभिकर्तालाई व्यवसाय बृद्धि गर्न आवश्यक कक्षको सहज व्यवस्थापन गरिदिन अनुरोध गरेको छ ।

गएको पुस २१ गते आह्वान गरिएको विशेष अधिवेशनबाट गणेश अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । ठुलो संघर्ष गरेर सम्पन्न भएको अधिवेशनबाट बलियो समिति तयार भएको छ । समितिले बीमा कम्पनी नेपाल लाइफ, बीमित र अभिकर्ताहरुको विचमा पुलको काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सोही बमोजिम कम्पनी र अभिकर्ता संघको विचमा पुलको काम गर्न समन्वय समिति समेत गठन गर्ने भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया