Nepal Life

महालक्ष्मी विकास बैंंकको २२ औं साधारण सभा सम्पन्न, ६.४० प्रतिशत नगद लाभांश पारित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 20:27
महालक्ष्मी विकास बैंंकको २२ औं साधारण सभा सम्पन्न, ६.४० प्रतिशत नगद लाभांश पारित
Sanima Reliance

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” नारासहित २९ वर्षदेखि गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

NIMB

साधाणसभाले आर्थिक बर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७९/८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी पारित भएको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले चालु आव २०८०/८१ को लागि बैंकको लेखापरिक्षण गर्न जेबि राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै पारिश्रमिक अनुमोदन गरेको छ । सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उपाध्यायले शेयरधनीबाट प्राप्त सुझावलाई शिरोधार्य गर्ने बताए । उनले बैंकको उद्देश्य पूर्तिका लागि जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न आफु तयार रहेको जानकारी दिए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया